वाल विवाह न्युनिकरणको सुझाव सहित सोसेकको सामाजिक तथा लैङ्गिक परिक्षण सम्पन्न

वाल विवाह न्युनिकरणको सुझाव सहित सोसेकको सामाजिक तथा लैङ्गिक परिक्षण सम्पन्न

सामाजिक सेवा केन्द्र (सोसेक) को सामाजिक तथा लैङ्गिक परिक्षण सम्पन्न भएको छ । संस्थाले गत आर्थिक वर्षमा संचालन गरिएका कार्यक्रम तथा परियोजनाको प्रभाव र उपलब्धीलाई सामाजिक रुपमा सार्वजनिक गर्न उक्त कार्यक्रम गरेको हो । परिक्षणमा जिल्ला स्थित राजनीतिक दल, सरकारी निकाय, गैरसरकारी संघ संस्था, संचारकर्मी लगाएत कार्यक्रममा प्रत्यक्ष लाभान्वित समुदायका व्यत्तित्वहरुको उल्लेख्य सहभागिता थियो ।

वार्षिक सामाजिक तथा लैंगिक परिक्षण कार्यक्रममा प्रस्तुतिकरण गर्दै सोसेक नेपालका कार्यकारी निर्देशक डम्वर वहादुर कार्की
वार्षिक सामाजिक तथा लैंगिक परिक्षण कार्यक्रममा प्रस्तुतिकरण गर्दै सोसेक नेपालका कार्यकारी निर्देशक डम्वर वहादुर कार्की

सार्वजनिक रुपमा सबैलाई जानकारी होस भन्नका लागि संस्थाले गत वर्ष गरेका कार्यक्रमहरुको उपलब्धीहरु जिल्ला विकास समिति हल र प्राङ्गणमा फल्यास प्रिन्टहरु समेत टांगेको थियो । जिल्ला विकास समितिको हलमा भएको सामाजिक तथा लैङ्गिक परिक्षणका सहभागीहरुले संस्थाले गरेका कामले लक्षित समुदायको जिविकोपार्जन, सिपविकास, क्षमता विकासमा राम्रो पभाव परेको प्रतिक्रिया दिएका थिए । संस्थाले आइफार्ड÷कृषि विकास मंत्रालयको सहयोगमा उच्च मुल्य कृषि वस्तु विकास आयोजना, गरिवी निवारण कोष नेपालको सहयोगमा एकिकृत सामुदायिक विकास परियोजना, एइआइ लम्जेम्वर्ग÷टिडिएच जर्मन नेपाल कार्यक्रमको सहयोगमा महिला यूवा तथा वाल अधिकार प्रवद्धन कार्यक्रम, वाम पि हेल्भेटास स्वीस ईन्टरकोअपरेशन नेपालको सहयोगमा जलश्रोत व्यवस्थापन कार्यक्रम, सेभ द चिल्ड्न नेपालसंगको साझेदारीतामा सहयात्रा परियोजना, जिविस÷ग्रामिण जलश्रोत व्यवस्थापन परियोजना दोस्रो चरणको सहयोगमा ग्रामिण जलश्रोत व्यवस्थापन परियोजना, डिसिए÷आइसिसिओ÷लुथरन विश्व महासंघ नेपालको सहयोगमा उत्थानसिल जिविकोपार्जन तथा दिगो खाद्य सुधारका लागि

वार्षिक सामाजिक तथा लैंगिक परिक्षण कार्यक्रम
वार्षिक सामाजिक तथा लैंगिक परिक्षण कार्यक्रम

सवलीकरण परियोजना, जिविस÷एनसिसिएसपीको सहयोगमा नेपाल जलवायू परिवर्तन सहयोग कार्यक्रम र इसिमोड हेल्भेटास स्वीसइन्टरकोअपरेसनको सहयोगमा पानी सुरक्षा परियोजना गरि एघार वटा कार्यक्रमहरु मार्फत दैलेखका विभिन्न स्थानमा समाज रुपान्त्रण, आय आर्जन र सामाजिक आर्थिक विकासमा संस्थाले विभिन्न क्रियाकलापहरु गरेको परिक्षण कार्यक्रममा सार्वजनिक गर्यो ।

कार्यक्रममा १५ दिन अगावै सामाजिक तथा लैंगिक परिक्षण सहजकर्ताको छनौट गरि समुदाय स्थरमा पुगि समुह छलफल, अवलोंकन, सेवा प्रवाहमा समुदायको सन्तुष्टि मापन गरी सो प्रतिवेदन पनि कार्यक्रममा सहजकर्ता विष्णु प्रसाद शर्माले सार्वजनिक गर्नु भयो । हरेक वर्ष सोसेकले यस्तो कार्यक्रम गर्दा प्रत्यक्ष लाभान्वित समुदाय, साझेदार निकाय, जिल्ला स्थीत सरोकारवाला निकायको सहभागितालाई अनिवार्य गरेको छ । संस्थाको कामलाई पारदर्शी र जवाफदेहीताको माध्यामवाट सुशासन कायम गर्न पनि यस परिक्षणले वल पुर्याएको संस्थाका कार्यकारी निर्देशक डम्वरवहादुर कार्कीले बताए । कार्यक्रममा हिजो हामी चुरा किन्दा पनि श्रीमान्को भर पर्नु पथ्र्यो, अहिले हामीले तरकारी उत्पादनवाट आफै कमाई गरि अरुको भर पर्नु परेको छैन र हाल वावालिकालाई सरकारी विद्यालयवाट वोडिङमा पढाउने गरेको युवा कृषक पदम कुमारी मल्लले वताउनु भयो ।

वार्षिक सामाजिक तथा लैंगिक परिक्षण कार्यक्रम
वार्षिक सामाजिक तथा लैंगिक परिक्षण कार्यक्रम
वार्षिक सामाजिक तथा लैंगिक परिक्षण कार्यक्रम जवाफ दिदै सोसेकका अध्यक्ष मञ्जु कुमारी खड्का
वार्षिक सामाजिक तथा लैंगिक परिक्षण कार्यक्रम जवाफ दिदै सोसेकका अध्यक्ष मञ्जु कुमारी खड्का
वार्षिक सामाजिक तथा लैंगिक परिक्षण कार्यक्रम
वार्षिक सामाजिक तथा लैंगिक परिक्षण कार्यक्रम

कार्यक्रममा आफ्ना सुझावहरु राख्दै वाल क्लवका प्रतिनिधीकरुले संस्थाले संचालन गरेका क्रियाकलापले वालवालिकाको क्षमता विकासमा सहयोग भएकोमा धन्यवाद दिदै वालविवाह न्युनिकरणका कार्यक्रमलाई अझ प्रभावकारी ढंगवाट संचालन गर्न सुझाव दिनु भयो । कार्यक्रममा म लगायत हामी ८ जना युवाहरु विदेश जानलाई पासपोट वनाई भिसा लगाउने अवस्थामा हामी भिषा वदर गरि कृषि पेशामा लागि पहिलो ३ महिनामा हरेकले ५० हजार भन्दा वढी आम्दानी गरेको युवा कृषक मोहन थापाले वताउका साथै कृषि क्षेत्रमा गरेका कामवाट युवाहरु विदेश जान रोकीएको अवस्था संस्थाले अझ वढी युवा शसक्तिकरणका कार्यक्रम संचालन गर्न सुझाव दिनु भयो । कार्यक्रममा समुदाय, सरोकारवाल निकायवाट राखेका गुनासो सुझाव सल्लाहको संस्थाका अध्यक्ष मञ्जु कुमारी खड्का, संस्थापक अध्यक्ष हीरासिंह थापा, कार्यकारी निर्देशक डम्वर वहादुर कार्की, कार्यक्रम व्यवस्थापक वशन्त श्रेष्ठ, जिल्ला कार्यक्रम संयोजक मान वहादुर थापाले जवाफ दिनु भएको थियो । अन्तमा कार्यक्रममा सहभागि अतिथि राजनीतिक दलका प्रमुख प्रतिनिधि र सरकारी कार्यालयका प्रमुख प्रतिनिधिहरुले सोसेकका कार्यक्रम र परियोजनामा रचनात्मक सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । सोसेकको नवांै यो सामाजिक तथा लैगिंक परिक्षणको सहजीकरण धमाका राष्टिय दैनिक पत्रिकाका प्रकासक विष्णु प्रसाद शर्माले गरेका थिए ।

प्रतिक्रिया