सामुदायिक वनमा विपन्नलाई सामुहिक फलफुल खेती ।।

सामुदायिक वनमा विपन्नलाई सामुहिक फलफुल खेती ।।

ज्वाला सन्देश सम्वाददाता
दैलेख–नारायण नगरपालिका ६ विजौरा अन्तरगत धैरेनी सामुदायिक वनका उपभोक्ताहरुले सामुदायिक वनमा सामुहिक फलफुल खेती गर्न सुरु गरेका छन् । खाली रहेको उक्त सामुदायिक वनमा न्यून वर्गका महिलाहरुको आय आर्जनमा सहयोग पु¥याउने उद्देस्यका साथ फलफुल खेती सुरु गरिएको हो ।

धैरेनी सामुदायिक वनको ४ हेक्टर क्षेत्रफमा ६ सय आँपका विरुवा खरिद गरी सामुहिक आँप खेती र ३ हेक्टर क्षेत्रफलमा एक हजार विरुवा कागती खेती गरिएको छ । धैरेनी सामुदायिक वनका उपभोक्ताहरु मध्येवाट विपन्न महिलाहरुको आय आर्जनमा सहयोग गर्ने उद्देश्यले सामुदायिक वनमा फलफुल खेती सुरु गरिएको अध्यक्ष विष्णुमाया खत्रीले वताउनु भयो । सामुदायिक वनका विपन्न उपभोक्ता महिलाहरुको आय आर्जमा सहयोग गर्न हामिले आँप, कागती, बेलौती लगायत अमृसो लगाएको बताउँदै गत वर्षदेखी फलफुल खेती सुरु गरिए हो ।

अागामि वर्षदेखि अन्य खाली सामुदायिक वनमा पनि फलफुल खेती गर्ने योजना बनाएको अध्यक्ष खत्रीले बताउनु भयो । फलफुल खेती संगै भू–क्षय पहिरो रोक्नका लागि सामुदायिक वनमा अमृसो लगाएत अन्य जातका डाले घाँस तथा भुई घाँस लगाइएको धैरेनी सामुदायिक वन उपभोक्ता समितिका सचिव रोहीतकुमार रानाले बताउनु भयो । यो वर्ष जिल्ला वन कार्यालयवाट पाँच सय र उपभोत्तावाट १५ सय अमृसो संकलन गरी सामुदायिक वनमा रोपिएको र फलफुल खेती देखि लिएर डाले घाँस भुँई घास लगाएर महिलाहरुको आय आर्जनमा सहयोग गर्ने अभियान चलाएको रानाले बताउनु भयो । यस अभियानले वन क्षेत्रको संरक्षणमा पनि सहयोग पुग्ने विश्वास लिईको छ ।

उपभोक्तामा महिलाहरुको सक्रियता वढेकाले पनि पुरुषले भन्दा महिलाहरुले राम्रो काम गर्न सक्ने विश्वास रानाको छ । फलफुल खेतीले आम्दानीमा सबै उपभोक्ताको हितमा काम हुने भएकाले वन समूह मार्फत उपभोक्ताका दैनिकीमा समेत परिवर्तन भएको उपभोक्ताहरुले बताएका छन् । वन क्षेत्रमा गरिएको विभिन्न आय आर्जनका शीर्षकमा संकलन हुने रकम समूहले लाखौँ रुपैयाँको कोष खडा गरेको छ ।

प्रतिक्रिया