कृषिमा युवा, पढाईसंगै तरकारी खेती

कृषिमा युवा, पढाईसंगै तरकारी खेती

ज्वाला सन्देश सम्पाददाता
दैलेख – सेरी – २ की १८ वर्षिया सपना शाही पढाईसंगै तरकारी खेती तर्फ आक्रषित भएकी छिन् । उनी तरकारीबाट मनग्य आम्दानी गर्छिन् । परिवारबाटै तरकारी खेतीमा होमिएपछि उनी पनि आम्दानीका लागि तरकारी खेतीमा लागेकी हुन् । पढाईबाट फुर्सद पाएलगत्तै तरकारी बारीमै गोढमेलमै ब्यस्त हुन्र्छिन् ।

तरकारी बारीमा बन्दा लगाउँदै सपना र दीदी प्रमिला
तरकारी बारीमा बन्दा लगाउँदै सपना र दीदी प्रमिला

गाँउमै उदाहरणीय रुपमा तरकारी खेती गरेर वार्षिक लाखौं पैसा कमाई समेत गरेकी छिन् । पढाईमा तेज उनी कृषिमा समेत अब्वल छिन् । बुवाआमाले अपनाएको कृषि खेतीमा धेरै छोराछोरी टाढा हुन्छन् तर, उदाहरणिय रुपमा सपना कृषि तर्फ होमिनुले अरुलाई कृषि प्रति आर्कषण समेत गरेकी छिन् ।
उनी गाँउकै उमाविमा १२ कक्षामा पढछिन् । पढाईको समय सकेपछि उनी मेहनतका साथ तरकारी हेरचाहमै प्राय समय विताउँने गर्छिन् । उनीलाई सघाउन उनकी २० वर्षिया दिदी प्रमीला शाही बारीमै हुन्छिन् । दुई बहिनीले बुवाआमाले गर्दै आएको तरकारी खेतीलाई अँझ ब्यवसायीक बनाउन जोड दिईरहेका छन् । उनीहरुकै जाँगरका कारण विगतभन्दा तरकारी बढी धेरै आम्दानी समेत लिईरहेको छन् । बुवाआमाले मात्र लगाउँदा कम हुने हुँदा हामी दुई बहिनीले पनि फुर्सद निकालेर तरकारी ब्यवसायमै लागेका छौ । सपना भन्छिन् ः लेकाली भेक भएकाले राम्रो तरकारी फल्ने र आम्दानी पनि राम्रो हुने भएकाले केही गनुपर्छ भनेर लागिरहेका छौ । उनीहरुले बन्द्रा काउली, टमाटर, आलु लगायत बारीभरी लगाएका छन् । उनीहरुले कुनै बारीको कुनो पनि खाली राखेका छैनन् ।

तरकारी बारीमा बन्दा लगाउँदै सपना र दीदी प्रमिला
तरकारी बारीमा बन्दा लगाउँदै सपना र दीदी प्रमिला

आलुबाट मात्रै बार्षिक दुई लाख बढी उनीहरुले कमाउँछन् । जिल्लाको धेरै तरकारी उत्पादन हुने सेरीका यूवा पुस्ताहरु उत्पादन राम्रो मुल्य बढी पाईन थालेपछि तरकारी खेती तर्फ आर्कषित भएका हुन् । उच्च मूल्य कृषि बस्तु विकास आयोजनाको सहयोग र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको सहजीकरणमा यहाँका सपनाजस्ता धेरै यूवा किसानहरु कृषितर्फ आर्कषण भएका छन् । आयोजनाले टनेलमा तरकारी फलाउन कृषिकहरुलाई आवश्यक सामाग्री दिने गर्दछ । यहाँका यूवाहरु पनि कृषिमा आवद्ध भएर घरपरिवारलाई ठुलो सहयोग गरेको त्रिवेदी बहुउदेश्यिय सहकारी संस्थाका अध्यक्ष काशीराम शर्माले बताए ।

प्रतिक्रिया