कृषिमा आत्म निर्भर वनौ ःमाननिय थापा ।।

कृषिमा आत्म निर्भर वनौ ःमाननिय थापा ।।

ज्वाला सन्देश सम्वाददाता
दैलेख निर्वाचन क्षेत्र नं. १ का मानिनय सांसद अमरवहादुर थापाले निर्वाहमुखी भन्दा पनि व्यवसायमुखी कृषि प्रणाली अपनाएर आत्मनिर्भर हुनुपर्ने आजको आवश्यकता रहेको बताए । कृषि अनुसंधान केन्द्र दैलेख अन्तर्गत माथिल्लो डुंगेश्वरमा स्थापना भएको वाह्य अनुसंधान स्थलको उद्घाटन गर्दै सांसद थापाले स्थानिय स्तरमा कृषिमा वैज्ञानिकीकरण गरी उत्पादनमा वृद्धि गरी परनिर्भरतालाई कम गर्दै लैजानुपर्ने वताए । उहाले आधुनिक प्रविधिसंगै व्यवसायिक कृषिले आम्दानीको स्रोत वृद्धि भएर कृषकको जिवनस्तर माथि उठ्ने धारणा राख्दै कृषकको परिश्रम खेर जान नदिने खालका नितीहरु राज्यले निर्माण गर्नुपर्ने आवश्कता रहेको बताए ।
उद्घाटन कार्यक्रममा वोल्दै केन्द्रका प्रमुख अमरवहादुर पुनले निर्वाहमुखी कृषिले जिवन धान्न गाह्रो भएकाले व्यवसायिक कृषि क्रान्तिको आवश्यकता भएको वताए । केन्द्र प्रमुख पुनले उन्नत जातका वाली विकास र व्यवसायिक कृषि क्रान्ति गर्न प्रविधीको विकास गर्न अनुसंधान केन्द्र क्रियाशिल रहेको जानकारी दिए । कृषकको समस्या पहिचान गर्न सजिलो हुने भएकाले वाह्य अनुसंधान केन्द्र स्थापना गरीएको जानकारी दिदै उहाँले स्थानिय कृषि सहकारी र कृषकको कृषि प्रविधीमा पहुंच वृद्धि गर्न वाह्य केन्द्र आवश्यक रहेको समेत वताए । उद्घाटन कार्यक्रममा वोल्दै राजनैतिक दलका प्रतिनिधी, सरकारी तथा गैरसरकारी निकाय, अगुवा कृषक लगायतका व्यक्तिहरुले व्यवसायिक कृषि क्षेत्रको विकास र उन्नत वाली अनुसंधान गर्ने कार्यमा अनुसंधान केन्द्रसंग धेरै आशा र अपेक्षा रहेको वताउदै आधुनिक कृषि प्रविधी कृषकको पहुच सम्म पु¥याउन सुझाव दिएका थिए ।

प्रतिक्रिया