वर्षेनी मर्मतमा खर्च, “सडक विजोग”

वर्षेनी मर्मतमा खर्च, “सडक विजोग”

गोविन्द केसी
दैलेख साउन १८– सदरमुकामको मुख्य ठाँउ देवकोटा चौकसम्म जहाँ सुर्खेतदेखी पिच बाटो भएर गाडी आईपुग्छन् । चौकबाट सदरमुकामको बजारमा पिच सडक भएपनि गाडी त गुड्छन् तर, हिलाम्य हुँदा नागरिकहरुलाई हिड्नै गाह्रो हुने गर्दछ । बजारमा मात्र गाडीहरु सहज गुड्छन् तर, बजार साईटकै बाईरोडमा गाडी चल्दैन् ।

लाखौ रकम खर्चिर मर्मत गरिएको बजारसंगै जोडिएको हिलाम्मे वाईरोड ।
लाखौ रकम खर्चिर मर्मत गरिएको बजारसंगै जोडिएको हिलाम्मे वाईरोड ।

बजारमा गाडीको चाप बढेसंगै एक तर्फी यातायात सञ्चालनका लागि बनाईएको बाईरोड वर्षातसंगै हिलोले हिडिनसक्नु भएपछि यातायात ब्यवसायीहरुले गाडी हाल्नै जोखीम भएको भन्दै नियम तोडे । अहिले एक तर्फी गाडी संञ्चालन गरेको नगरपालिकाले लगाएको नियम नियममै सिमित छ । सदरमुकाम बजारकै बाईरोड सडकको दुराअवस्थाले यातायात चल्न सकेको छैन् भने, वडाहरु जाने सडकको के अवस्था होला ? वर्षेनी मर्मतकै नाममा धुलो खोल्सेर बजेट सक्ने परिपाटीले यहाँका सडकहरु वर्षातमा बगेर बगरमा परिणत हुन्छन् त कुनै सडक हिलाम्मे भएर रोप्न तयार परिएका खेत जस्तै देखीन्छन् ।

सदरमुकामको मुख्य चौकदेखी १ सय मिटर आसपासका सडकमा पनि वर्षातमा गाडी चल्दैन् । सदरमुकामका गाँउहरुमा जाने सडकहरु हिलो र भल छिरेर चिरिएर गाडी गुड्नै नसक्ने अवस्थामा छन् । तर, नगरपालिकाले दिगो सडक निर्माणमा चासो नै नदिएको स्थानीयहरु बताउँछन् । “मर्मतको नाममा धुलो फाल्ने काम मात्रै भयो ।” नारायण नगरपालिका – ६ का प्रेम भुर्तेल भन्छन् ः “दिगो सडक सञ्चालनबारे योजनानै नगरिदाँ बजार छेउकै सडक गाडी चल्दैन् ।”
बजारदेखी रामपुर हुँदै विजौरा जोड्ने सडक ३ किलोमिटर पनि छैन् । त्यहाँ गाडी मात्रै होईन् मान्छे हिड्नै नमिल्ने गरी विग्रीएको छ । त्यस्तै किमुगाँउ, सिमाडा र डेकेन्द्र चौक जाहारकोट सडक र खुसार्नीबारी हुँदै नौमुले जोड्ने सडक दुराअवस्थाले नगरबासीहरु आर्जित छन् । यी नगरभित्रका मुख्य सडक हुन् । मुख्य सडकको अवस्था विजोक भईरहदा सम्वन्धीत निकायको ध्यान नै गएको छैन् भने गाँउतिर जाने अन्य सडक नाम मात्रैको छ । “सडकमा छिर्दा रोपाईको ब्याडतिर गएजस्तै हुन्छ ।” मोटरसाईकलमा यात्रा गरेका गगन थापाले भने, नगरको सडक त यस्तो छ । गाँउको के कुरा गर्नु ? । विरामी पर्दा एम्वुलेन्स बजार क्षेत्रबाहेक गाँउमा जाँदैन् ।

लाखौ रकम खर्चिर मर्मत गरिएको बजारसंगै जोडिएको हिलाम्मे वाईरोड
लाखौ रकम खर्चिर मर्मत गरिएको बजारसंगै जोडिएको हिलाम्मे वाईरोड

सर्वसाधारणदेखी विरामीलाई समेत सडकहरु भत्किएपछि सास्ती भएको छ । नगरपालिकाले दिगो रुपमा चल्नका लागि सडकहरुको स्तर उन्नती नगर्दा चार दर्जन सडक लथालिङ्ग अवस्थामा रहेका छन् । नगर क्षेत्रमा रहेको मध्यपहाडी लोकमार्ग समेत छिन्नभिन्न अवस्थामा रहेको छ । मध्यपहाडी लोकमार्गका ती सडकमा गाडी चल्दैन् । नारायण नगरपालिकामा रहेको डोजर भाँडामा दिने गरेकाले नगरको सडक मर्मत नहुँने गरेको आरोप नगरबासीले लगाएका छन् । डोजर सेवामुखी भन्दा पनि नाफामुखी रुपमा चलाउन लागीएपछि सडकको विजोक अवस्था भएको नगरबासीले आरोप लगाएका छन् । बजेट कम हुने भएकाले ग्रामीण सडक सुधार हुन नसकेको कार्यकारी अधिकृत भत्तबहादुर मल्लले बताए ।
वर्षेनी मर्मतका नाममा नगरपालिकाले ठुलो रकम खर्चने गरेको छ । ४ दर्जन सडकमा दशैअघि मर्मतसम्भारका नाममा नारायण नगरपालिकाले खर्चने गरेको हो । मर्मत शीर्षकमा लाखौं रुपैयाँ खर्च हुने गरेको छ । तर हिउँदमा मात्र सदरमुकाम बाहेकका गाउँमा गाडी सञ्चालन हुने गरेको छ । नगरपालिकाका कर्मचारीका अनुसार सडक मर्मतका लागि हरके वर्ष लाखौं रुपैयाँ खर्च हुने गरेको छ । तर वर्षातमा उस्तै हुन्छ । सडकको अवस्था सुधारभन्दा पनि पैदल हिँड्नसमेत कठिन हुने गरेको छ । सदरमुकामबाट गाविस जाने सडक र गाविसभित्रै सडकहरुमा अहिले यातायात ठप्प भएको गाविस सचिवहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया