स्थानियनिकायमा निर्धारणका लागी छलफल

स्थानियनिकायमा निर्धारणका लागी छलफल

दैलेख साउन १९ – दैलेखमा ८ वटा स्थानीय तह कायम हुदा जनसंख्याको आधारमा नारायण नगरपालीकामा भने सदरमुकाम हुने मापदण्ड नपुग्ने भएको छ । नारायण नगरपालीका २२ हजार रहेका हुदा संघिय मामिला तथा स्थानिय विकास मन्त्रालको मापदन्ड अनुसार गाउँपालिकाको लागि २५ हजार र नगरपालिकाको लागि ३५ हजार जनसंख्या आवश्वयक पर्ने रहेको छ ।
[atikanla 1 Patikanlaनाराणण नगरपालीका हुन २४ हजार जनसंख्याको आवश्यक रहेको छ आवश्यक जनसंख्या जुटाउन नजिकै पायक पर्ने गाविसहरु लाई समायोजन गर्न आवश्यक छ । मापदन्ड अनुसार स्थानीय तह वनाउन सम्भावना कम रहेको गाउँपालिका¸ नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगका जिल्ला स्तरीय स्थानीय तह पुनर्संरचना प्राबिधिक सहयोग समितिका सदस्य सचिव शम्सेर वहादुर शाहीले जानकारी दिए ।

यता दैलेखमा ८ वटा मात्र स्थानीय तह हुने भएपछि विकेन्द्रिकरण नहुदे भन्दै स्थानीयहरु भने असन्तुष्टी रहेका छन् । जिल्ला भौगोलिक रुपमा ठुलो रहेको र विकटता तथा दुर्गमताका कारण आफ्नै गाउपालिकाको कार्यालय पुग्न समेत दुईदिनसम्म लाग्ने भन्दै अझ धेरै बनाउनु पर्ने बुधार खड्कवाडा गाविसमा भएको छलफलकार्यक्रममा उपस्थित स्थानीयहरुको माग छ ।

स्थानिय तह लागु भएपछि जिल्लाबाट दिईने सेवा गाउँपालिकाबाट नै नागरिकले पाउने भएकोले सहज हुने शम्सेर शाहीले बताए । दैलेखमा २ ओटा नगरपालीका र ४९ ओटा गाविसलाई अव ८ वटा स्थानीय तहमा विभाजन गरि साउन मसान्त सम्ममा प्रतिवेदन तयार गरि मन्त्रालयलाई वुझाई सक्नु पर्ने जिविस स.ई. हीरासिह थापाले जानकारी दिए ।

स्थानिय तह विभाजन गर्दा समान्ताको आधारमा न्याय, सहजता र सवैलाई भलो हुने गरि कार्य गरिने साथै यस विषयमा वुद्धिजिवी, राजनितिक दल, आम सरोकारवाला तथा नागरिकहरुले सक्दो पहल गरी सहयोग गरी विकासमा अगाडी वढ्न सवै संग आग्रह गरिएको छ ।

प्रतिक्रिया