औषधी अभावसँगै ज्वरोको विरामी वढे

औषधी अभावसँगै ज्वरोको विरामी वढे

दुर्गा वि.सी

सल्यानको पश्चिम क्षेत्रका दर्जन वढि गाविसमा ज्वरोको प्रकोप वढेको छ । बालबालीका,बुढापाकालाई टाउको दुख्ने,बान्ता आउने,दैनिक दिन साँझपख ज्वरो आउने प्रकोपले सताएको छ । स्थानीय स्तरमा रहेका स्वास्थ्य चौकिहरुमा विरामीको लागि औषधी नह्ुदाँ समस्या परेको छ । Birami Salyanअस्पतालमा औषधी नभएकोले र मेडिकलको औषधी खाँदा समेत बालबालीकालाई ज्वरो कन्ट्रोल नभएको स्थानीय कमला विष्टले वताईन् । सल्यानको मर्मरागेचौर,स्वीकोट,मुलखोला,बाँमे,देवस्थल र घाँजरीपिपल लगाएतका वडाहरुमा यो समस्या वढि देखा परेको छ ।

अस्पतालहरुमा दैनिक दिन औषधी उपचार गर्न आउनकोे संख्या १ सय नाघेको भेटिन्छ । अस्पतालहरुमा समेत विरामीको लागि औषधी नहुदाँ समस्या भएको सम्बन्धीत गाविसमा रहेका अस्पतालका कर्मचारीले वताउने गरेका छन् । मुलखोला गाविसको वडा ५ र मर्मरागेचौरका केहि वडाहरुमा ज्वरोको विरामी वढिको संख्या अत्यधिक मात्रमा वढीरहेको छ । गाउहरुमा ज्वरोले गर्दा प्रत्यकको घरघरमा बालबालीका सोतररुपले सुतेको भेटिन्छ ।

प्रतिक्रिया