यस्तो छ दाहाल मन्त्रिपरिषद

यस्तो छ दाहाल मन्त्रिपरिषद

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले ६ सदस्यीय मन्त्रीपरिषद् गठन गरेका छन्।

नवनिर्वाचित प्रधानमन्त्री दाहालले विहिवार अपरान्ह पद तथा गोपनियताको सपथ खानुपहिले ६ सदस्यीय मन्त्रीपरिषद् गठन गरेका हुन्। ६ सदस्यीय मन्त्रीपरिषद्मा २ जना उपप्रधानमन्त्री तथा ३ जना मन्त्री छन्।

दाहालले आफूलाई प्रधानमन्त्री बनाउन मुख्य भूमिका निर्वाह गरेका नेपाली कांग्रेसका विमलेन्द्र निधि र आफ्नै पार्टीका कृष्णबहादुर महरालाई उपप्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

मन्त्रिपरिषद्मा निधि र महरा दुवै पुराना अनुहार हुन्। महरा दोस्रो पटक उपप्रधानमन्त्री नियुक्त भएका हुन्। पटक पटक मन्त्री भइसकेका निधिले उपप्रधानमन्त्रीमा बढुवा पाएको पहिलो पटक हो। महरा रोल्पा १ तथा निधि धनुषा ३ बाट निर्वाचित सांसद् हुन्।

प्रधानमन्त्री दाहालले ६ सदस्यीय मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका रमेश लेखक र आफ्नै पार्टीका गौरीशंकर थारू र दलजित विके श्रीपालीलाई मन्त्री नियुक्त गरेका हुन्। लेखक कञ्चनपुर क्षेत्र नम्बर ४ र थारु कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद् हुन्। श्रीपाली समानुपातिक सांसद् हुन्। मन्त्रीपरिषद्‌मा थारु र श्रीपाली नयाँ अनुहार हुन्।

६ सदस्यीय मन्त्रीपरिषद्का निधि र लेखकले स्नातकोत्तर सम्मको, प्रधानमन्त्री दाहाल र महराले स्नातकसम्मको, श्रीपालीले प्रमाणपत्र तहसम्मको तथा थारुले एसएलसीसम्मको अध्ययन पूरा गरेका छन्। ६ जनामध्ये थारू सबैभन्दा कम उमेर अर्थात ३५ वर्षको हुन्। सेताेेपाटीमा खवरछ ।

प्रतिक्रिया