२ नम्बर ईलाकालाई नारायण नगरपालिकामा मिसाउँदा पनि घाटा नहुने ।।

२ नम्बर ईलाकालाई नारायण नगरपालिकामा मिसाउँदा पनि घाटा नहुने ।।

भिम सिजापति दैलेख
दैलेख जिल्लामा जनसंख्यालाई मात्र आधार बनाएर गाउँ पालिका तथा नगरपालिका बनाउन लागी रहे पनि, भुगोल, धर्म, संस्कृति र जातजातिका आधारमा गाउँ पालिका तथा नगरपालिका बनाउनु पर्ने नेकपा एमाले संघिय मामिला सदस्य सुर्यबहादुर शाहीले बताउनु भयो । सिंगै २ नम्बर ईलाकालाई नारायण नगरपालिकामा मिसाउँदा पनि घाटा नहुने भन्दै चक्लेटी स्याउ, ओखर, अलैची र विद्युतका हिसावले पनि २ नम्बरको उत्तरी ईलाका प्रफेक्ट रहेको बताउनु भयो । धु्रवतारा एफ.एम.को रेडियो बहस परिस्थीती विषेशमा चक्र केसी सँग कुरा गर्दै गाउँ पालिका तथा नगरपालिकामा सम्पुर्ण सेवा सुविधा प्रदान गरिने भएकाले यो संघियताको ढाँचा असाध्यै राम्रो भएको बताउनु भयो । शाहीले दैलेखमा तराईको हावापानी देखी लेकाली हावा पानी पाईने भएकाले तराईमा फल्ने अन्न र लेकमा फल्ने अन्न पनि दैलेखमा फल्ने भएकाले माछा पालन, बाख्रा पालन, गाई पालन, भैसी पालन लगाएत कृर्षिमा पनि दैलेख जिल्लाका जनताहरु समृद्ध हुने बताउनु भयो ।

जिल्लाको पुर्न संरचना गर्दा गाउँ पालिका तथा नगरपालिकामा नाम पनि सुन्दै शरिरमा उर्जा आउने तरंग फैलने खालको राख्नको लागी सुझाव दिनु भयो । भावनात्मक एकता, साँस्कृतिक एकता, भौगोलिक एकता नविर्सिकन पुर्न संरचना गर्नु पर्ने जनताहरु बाट सुझाव आएको बताउनु भयो । पुर्न संरचनामा जिल्लाका सम्पुर्ण, राजनितिक दल, कर्मचारी, नेता कार्यकर्ता बहसमा आउन आवश्यक रहेको उहाँले औल्याउनु भयो ।

प्रतिक्रिया