“ ब्यावसायले आत्म निर्भर ”

“ ब्यावसायले आत्म निर्भर ”

सामाजिक सेवा केन्द्र सोसेक नेपालको सहजिकरणमा संञ्चालित उच्च मुल्य कृषि बस्तु विकास आयोजना,दैलेख जिल्लाका विभिन्न गा.वि.स.मा विभिन्न मूल्य श्रृखलामा संञ्चालन भइरहेको छ । जस अन्तरर्गत त्रिदेवी वहुद्धेशिय सहकारी संस्था लि. खड्गवाडामा खसी बोका मुल्य श्रृखलामा काम गरिरहेको छ ।

वाख्राको हेरचाह गर्दै चन्द्रा हमाल
वाख्राको हेरचाह गर्दै चन्द्रा हमाल

उक्त सहकारीमा उप आयोजना संञ्चालन भएपछि त्यहाका किसानहरु साहै खुसि भएका छन् । उक्त सहकारीका ६२ जना किसान सदस्यले प्रत्यक्ष लाभका साथै अन्य सदस्यहरुले अप्रत्यक्ष फाइदा लिईरहेका छन् । आफ्नो परम्परागत बाख्रा पालन ब्यावसाय बाट त्यति सन्तुष्टि नदेखिएका किसानहरु उप आयोजनाको सहयोग पश्चात खुसीे छन् ।

भौगोलिक रुपले पनि उपयुक्त त्यसमा पनि उप आयोजना संञ्चालन पश्चात बाख्रा ब्यावसायका लागि आवश्यक प्राविधिक सहयोग, खोर निर्माण, उन्नत जातको बोका, आहार ब्यावस्थापन, प्राविधीक सेवा तथा सहयोग उपलब्ध भएकोले यो ब्यावसाय राम्रो रहेको र किसानहरुको ब्यावसाय प्रति चासो वढेको सहकारी अध्यक्ष काशिराम शर्मा बताउनु हुन्छ । आयोजनाले ब्यावसायिक किसानका लागि आर्थिक सहयोग गरे संगै सहकारीको लेखाजोखा सामाजिक नक्साकन लैड्डिक समानता तथा समावेशिकरण तालिम ले सहकारी संञ्चालन गर्न एवमं सदस्यहरुलाई आर्कषित गर्न सजिलो भएको शर्मा वताउनु हुन्छ । त्यस्तै उदारणीय किसानको रुपमा रहेका उक्त सहकारीका सदस्य खड्गवाडा गा.वि.स. वर्ष ३७ की चन्दा्र हमाल संग १ छोरा ४छोरी श्रीमान र आफु गरी ७ जनाको परिवार रहेको छ । ७ जनाको परिवार पाल्नका लागि गाह्रो भएको र आफु संग वर्ष भरी खान पुग्ने गरी उत्पादन हुने वारी पनि नभएको ले साहै्र समस्या रहकोे वताउनु हन्छ । उनीहरुको सहकारीमा उप आयोजना लागुहुनुु पुर्व चन्द्रा हमाल संग ९ वटा बाख्रा पाठा पाठी थिए ।

उप आयोजना पछि उच्च मूल्य कृषि बस्तु विकास आयोजनाले खसी बोका ब्यावस्थापनका लागि आधुनिक खोेर निर्माणका लागि रकम रु २५०००। र सहयोग पश्चात डेढ वर्षको अन्तरालमा उनको व्यावसायमा परिवर्तन भई हाल १२ वटा माउ बाख्रा, खसी २ वटा, बोका १ वटा, २ वटा पाठा र ३ वटा पाठी रहेका छन् । उनको बाख्रा पालन व्यावसायबाट वार्षिक ८ वटा उत्पादित बाख्रा, खसी, बोका विक्री गरी रु.६५००० पैसठ्ठी हजार आम्दानी गरीसक्नु भएको छ । यसै बाख्रा व्यावसायबाट आफ्नो दुई छोराछोरीलाई उचित शिक्षाका लागि निजि स्कुलमा पढाउने खर्च पुयाउनु भएको छ । घर खर्च चलाउन सहज भएको वताउनु हुन्छ । हाल उनको वार्षिक न्युनतम आम्दानी वचत रु. २८०००। देखी रु. ३५०००। हजार सम्म रहेको छ ।

प्रतिक्रिया