“ खसी बोका ब्यावसायले ल्याएको परिर्वतन ”

“ खसी बोका ब्यावसायले ल्याएको परिर्वतन ”

दैलेख जिल्ला सेरी गा.वि.स. सुविधाको दृष्टिकोणले मध्यम अन्र्तरगत पर्दछ । भौगोलिक हिसावले यहा कृषि क्षेत्रमा प्रचुर सम्भावना देखिन्छ तर पनि प्राय जसोे यहाका मानिसहरु पैशा कमाउने उद्देश्यले मजदुरी गर्न भारत जाने गर्दछन । त्यसै गरि यस गा.वि.स. वर्ष ३२ की कौशिला सलामी कोे घरमा छोरा छोरी र आफु गरी जम्मा ५ जनाको परिवार रहेको छ ।

Goat seri५ जनाको परिवार पाल्नका लागि मजदुरी गर्नै पर्ने दखिन्छ । गाउमा उनको अलिकति मात्र वारी र खरमेलो रहेको छ । केटाकेटिहरुलाई उचित किसीमको शिक्षाको ब्यावस्थापन गर्न गाह्रो भईरहेको छ । श्रीमान भारत जाने भए पनि घरमा श्रीमतीले घरायसी खर्च चलाउनका लागि कडा काम नगरी खान पुग्दैन । हुनत उनि संग १ वटा गाई, १ वटा भैसी र १३ वटा वाख्रा छन् तर पनि बार्षिक खर्च चलाउन हम्मेतम्मे पर्दछ । उनी समस्या परेको वेला सहयोग पाउने आशामा सृजनशिल महिला आयआर्जन बचत तथा क्रृण सहकारी संस्थाको साधारण सदस्य भएकी छिन । सहकारीमा उच्च मूल्य कृषि वस्तु विकास आयोजनाको कार्यक्रम लागु हुने तयारीमा रहेको कुरा मासिक बैठकमा उठेपछि मात्र थाहा भयो कि अव यहा संस्थाले काम गर्दै छ र गरिव किसानहरुलाई सहयोग गर्दैछ । जव कार्यक्रम लागु भयो र म पनि उप आयोजनाको ब्यावसायिक किसानको रुपमा छनौट भए । उप आयोजना संञ्चालन हुनु पुर्व म आफ्नै परम्परागत शैलीले वाख्रा पालन गरिरहेको थिए एउटै खोरमा आफु संग भएभरका वाख्रा एउटै खोरमा राख्ने गर्थे तर परम्परागत तरीकाले गरेको हुनाले आफ्नो परीश्रम अनुसारको उपलब्धी भएको थिएन । उप आयोजना संञ्चालन पश्चात ब्यावसायलाई निरन्तरता दिनका लागि सामाजिक परिचालकको सहजिकरणले सहज भयो ।

ब्यावसायका लागि आवश्यक प्राविधिक ज्ञान तथा ब्यावस्थापन पक्षका वारेमा जान्ने अवसर प्राप्त भयो । जस्तै तीन तीन महिनाको फरकमा जुकाको औषधि खुवाउनुु पर्ने, उन्नत जातका घासहरु रोप्ने, हप्तामा २ देखी ३ पटक खोर सफा गनुपर्ने, टान्डो वनाई घास खुवाउनु पर्ने, वाख्रामा लाग्ने वाहिरी परजीवी नियन्त्रण गनुपर्ने, बाख्रा, वोका, पाठा, पाठी, खसी एकै ठाउमा राख्न नहुने, नश्ल सुधारमा सर्तकता अपनाउनु पर्ने आदी वारेमा जानकारी भएको छ । यसरी ब्यावसायिक रुपले ब्यावसाय गदै जादा एक बर्षको अन्तरालमा मेरो ब्यावसाय राम्रो हुन पुग्यो र आज भोली म यो ब्यावसायवाट एकदमै सन्तुष्टि छु । एक वर्ष भित्रमा मैले झन्डै ४ वटा खसी र ३ वटा पाठा विक्री गरी वार्षिक ६२०००। आम्दानी गरी सहकारी वाट लगेको क्रृण चुक्ता गरी ३०,०००। तीस हजार जति जम्मा पनि गरे । अहिले म संग बाख्रा, पाठा, पाठी, खसी वोका गरी जम्मा २३ वटा रहेका छन् । मलाई घर खर्च तथा छोराछोरीको पढाईमा ब्यावस्थापन गर्न सहज भएको छ ।

प्रतिक्रिया