गरीबि निवारण कोषबाट ५३ जिल्लामा घुम्ति कोष परिचालन

गरीबि निवारण कोषबाट ५३ जिल्लामा घुम्ति कोष परिचालन

काठमाडौँ,  साउन । गरीबि निवारण कोषले १३ अर्ब रुपियाँ बराबरको घुम्ति कोष (Revolving Fund) परिचालन गरी नेपालका ५३ जिल्लामा कार्य गरिरहेको कोषका कार्यकारी निर्देशक नहकुल के.सी.ले बताएका छन् ।

कोषले आफ्ना कार्यक्रमहरूलाई वित्तिय क्षेत्रसँग जोड्ने उद्देश्यले हिजो काठमाडौँमा राखेको एक छलफल कार्यक्रममा गरीबि निवारणका लागि विभिन्न बैंक तथा वित्तिय संस्थाले गरिरहेका प्रयासहरू संक्षिप्त रूपमा प्रस्तुत गरिएको थियो । गरिबी निवारण कोष र विश्व बैंकको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विश्व बैंकका ग्रामिण वित्त विशेषज्ञ आमिर हम्जाले ‘ग्रामिण गरीबि निवारण तथा वित्तिय समावेशिता’ बारे आफ्नो प्रस्तुती राखेका थिए । कोषका कार्यकारी निर्देशक के.सी.ले कोषको लक्ष्य, आय आर्जन तथा जिविकोपार्जनका लागि मुख्य गतिबिधि, कोषसँग सम्बन्धित सामुदायिक संस्था र सहकारी संस्थाका बारेमा प्रस्तुती राख्दै कोषले विभिन्न उत्पादन समुह र समुदायका सदस्यहरूलाई कोषले पुर्याएको सहयोगका एवं कोषको भावि रणनीति बारे प्रष्ट्याए । कार्यक्रममा निर्धन उत्थान बैंकले महिलाहरूलाई वित्तिय रूपमा सक्षम बनाउन गरेका प्रयास र परिणाम बारे चर्चा गरिएको थियो । एनएमबि बैंकले दुग्ध सहकारी, दुग्ध विकास संस्थान र किसानसँग समन्वय लागु गरिएको वित्तिय कार्यक्रमबारे प्रस्तुती गरिएको थियो । साना किसान बैंकले सहकारीमार्फत कर्जा परिचालनका लागि चलाएको थोक कर्जाको कार्यक्रमबारे छलफल गरिनुका साथै UNCDF ले वित्तिय सेवामा गरीबको पहुँच विस्तारका बारेमा छलफल गरियो ।

paf pic

विश्व बैंकका मियो टाकाडाले गरीबि निवारण कोषको प्रभावकारिता बारे गरिएको स्वतन्त्र मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गरिन् । नेपाल राष्ट्र बैंकका लघुवित्त विभागका पूर्व कार्यकारी निर्देशक विनोद आत्रेयले लघुवित्तका कार्यक्रममार्फत गरीबी निवारणका लागि भएको प्रयासका संक्षिप्त रूपमा चर्चा गरे । लघुवित्त विज्ञ शंकरमान श्रेष्ठले लघुवित्त संस्थाहरूको आपसी प्रतिष्पर्धा र नाफामुखी सोचले गर्दा अपेक्षित लक्ष्य हासिल गर्न कठिन भएको चर्चा गरे ।

 हरेकपलमा समचार छ ।

प्रतिक्रिया