जलवायु परिवर्तन अनुकुलन कार्यक्रम

जलवायु परिवर्तन अनुकुलन कार्यक्रम

पदम वहादुर शाही
दैलेख –दुल्लु नगरपालिका जलवायु परिवर्तनसंग जुद्धनका लागि समुदायले अनुकुलन कार्यक्रम गर्दै आएकाछन् । दुल्लु नगरपालिका वडा न. ५ रिजुपोखराका समुदायले बाँझो जमिनलाई उपभोगमा ल्याउन वृक्षारोपणको काम सुरुगरेका छन् । 3R biruwa

जलवायु अनुकुलनको लागि आई व्रो, ट्ेन्च खन्दै समुदाय
जलवायु अनुकुलनको लागि आई व्रो, ट्ेन्च खन्दै समुदाय
जलवायु अनुकुलनको लागि आई व्रो, ट्ेन्च खन्दै समुदाय
जलवायु अनुकुलनको लागि आई व्रो, ट्ेन्च खन्दै समुदाय
जलवायु अनुकुलनको लागि आई व्रो, ट्ेन्च खन्दै समुदाय
जलवायु अनुकुलनको लागि आई व्रो, ट्ेन्च खन्दै समुदाय

बढ्दो जनसंख्या अव्यवस्थित शहरीकरण पक्कि सडक निर्माण र जथाभावि वनजंगल फडानीका कारण जलवायृमा परिवर्तन भई जमिनमा भएका पानीका मुहान सुक्दै जाने र रहेका पानीका मुहानमा पानीको वहाफ घट्दै गएको अवस्थामा जलश्रोत व्यवस्थापन कार्यक्रम द्धारा दुल्लु नगरपालिकाका विभिन्न योजनाका उपभोक्ता समितीका पदाधिकारी लगाएत कुवा खोला श्रोत संरक्षण तथा वृक्षारोपण योजनाको उपभोक्ता समितीका ३ जना पदाधिकारीहरुलाई ३ आर प्रविधि र जलवायू परिवर्तन सम्वन्धि २ दिने तालिम पश्चात यस क्षेत्रमा कायान्वयन गर्न लागीरहेका हुन ।

३ आर प्रविधि (3R) Retention,  Recharge & Reuse का क्रियाकलापहरु कायान्वयन गर्दा बर्षादको पानीको बहुउपयोग हुनुको साथै बर्षामा आकासबाट खसेको पानी जमिनले सोस्न नपाइ सिधै खोलाको माध्याम बाट समुद्रमा जाने भएकाले बर्षादको पानी सिधै बग्न नदिन मुहानको माथि बर्षादको पानी Recharge गर्न जमिनमा आई ब्रो, ट्रेन्च Recharge Pond, पुन धारण पोखरी Check dam   निर्माण र वृक्षारोपण गरी सुख्खा डांडालाई हरियाली बनाई जमिनको चिस्यान कायम राख्न र जलवायु परिवर्तनले हुने समस्याबाट अनुकुलन रहन ३ आर प्रविधि का क्रियाकलापहरु गरीरहेको उपभोक्ता समितीका अध्यक्ष भगीराम जैसीले वताए ।

जलवायु अनुकुलनको लागि आई व्रो, ट्ेन्च खन्नु अगाडी समुदायलाई अभिमुखिकरण गर्दै प्राविधिक पदम वहादुर शाही
जलवायु अनुकुलनको लागि आई व्रो, ट्ेन्च खन्नु अगाडी समुदायलाई अभिमुखिकरण गर्दै प्राविधिक पदम वहादुर शाही

हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालको आर्थिक सहयोग सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख जलश्रोत व्यवस्थापन कार्यक्रमको सहजिकरणमा स्थानिय समुदायको भेलाबाट उपभोक्ता समिती गठन गरी ३ आर प्रविधिका कामहरु संचालन गरिएको हो । उक्त योजना क्षेत्रमा समुदायले आई व्रो, ट्ेन्च, पुर्नभरण पोखरी र वृक्षारोपण गरिरहेकाछन् । यसवाट समुदायले जलवायु परिवर्तनलाई रोक्न अनुकुलन कार्य योजना अनुसार योजनाकोे लागत अनुमान तयार गरी योजनाको निर्माण कार्य संचालन गरि सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखका फिल्ड कार्यक्रम संयोजक ईन्द्र वहादुर थापाले वताए । उनले थप यो समुदाय जलवायु परिवर्तनको असर वढी परेको समुदाय हो र यसवाट २२ घरधुरी का ११७ जना लाभान्वित हुने भएका छन् ।

प्रतिक्रिया