विविध कार्यक्रमका साथ अन्र्तराष्ट्रिय युवा दिवस दैलेखमा सम्पन्न

विविध कार्यक्रमका साथ अन्र्तराष्ट्रिय युवा दिवस दैलेखमा सम्पन्न

दुर्गा गिरी
दैलेख –जिल्ला प्रहरी कार्यालय दैलेखको समन्वय र सामाजिक सेवा केन्द्र दैलेखको आयोजनामा गरिवी निवारण तथा उत्पादन उपभोगमा दिगोपना हासील गरि सन् २०३० सम्म दिगो विकासको लक्ष्य प्राप्त गरौं भन्ने अन्र्तराष्ट्रिय युवा दिवस श्रावण २८ मा त्रिभुवन नमुना उ.मा.वि.मा प्रशिक्षण कार्यक्रम गरि सम्पन्न गरियो । youth day3कार्यक्रम अनौपचारिक रुपमा संचालन गरिएको थियो हाल युवा पिढीमा देखा परेको विकृती जसमा लागु पदार्थ दुव्र्यसनी, लैङ्गिक समानता, तथा समाजिक समावेशीकरण, प्रहरी मेरो साथी, यौन जन्य हिंसा, ट्राफीक नियम, साइवर विकृती विषयमा प्रशिक्षण जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरिक्षक श्री वीर बहादुर वलीले गर्नुभएको थियो भने सहजीकरण सामाजिक सेवा केन्द्र दैलेखका कार्यक्रम संयोजक दुर्गा गिरीले गर्नुभएको थियो । समाजमा रहेका यस्ता समस्याबाट वच्ने उपाय, कानुनी प्रक्रीया, निकाय र सजायको बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी, त्रिभुवन नमुना उच्च माध्यमिक विद्यालयका माथील्लो कक्षाका विद्यार्थी र शिक्षक, फूलबारी विद्या मन्दिर दैलेखका विद्यार्थी, सुनगाभा युवा क्लवका पदाधिकारी, जिल्ला खेलकुद विकास समितिका पदाधिकारी, स्टार युथ क्लवका सदस्य गरि जम्मा १३५ जना सदस्यको सहभागीतामा कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रम पश्चात youth day2 youth day1सम्पूर्ण विद्यार्थीको तर्फबाट त्रि.न. उ.मा.वि.का विद्यार्थी रमिता सिंहले भनाइ राख्नु भएको थियो । समाजमा भएका विभीन्न विकृती विशंगती हरुलाई पन्छ्याउदै राम्रा कुरालाई अगाल्दै लैजाने कुरा व्यक्त गर्नु भएको थियो । सम्पुर्ण क्लवहरुको तर्फबाट सुनगाभा युवा क्लवको अध्यक्ष एकदिप खाणले अनुशासन तथा इमान्दारी भई कार्य गरेको खण्डमा युवा पिडी विकासात्मक क्षेत्रमा अघी वढ्न सक्ने कुरा वताउनु भएको थियो । सम्पूर्ण शिक्षकको तर्फबाट श्री त्रि.न.उ.मा.वि.दैलेखका शिक्षक श्री भक्त बहादुर थापाले यसै समाजब हामी यहाँ उपस्थित भएकोले आ आफ्नो घर समाजमा सकारात्मक सन्देश लिई परिपरिवार तथा छरछिमेकलाई सम्झाइवुझाइ गरेको खण्डमा जिवनोपयोगी सकारात्मक सन्देश जानेकुरा वताउनु भएको थियो । यसैगरि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरिक्षक श्री वीर बहादुर वलीले युवाहरुले सधै अनुशासीत भइ राम्रो काम गर्नुपर्ने, सामाजिक संजाललाई पनि सहि तरीकाले मात्र प्रयोग गनरपर्ने अन्य कुलतमा नलागी पढाइमा ध्यान दिनुपर्ने, अभिभावक तथा गुरुको आदर सम्मान गरि इमान्दारी वनेको खण्डमा यो समाज नै विकासको पथमा जाने कुरा भनाइ सहित कार्यक्रम समापन गर्नुभएको थियो ।

यसै गरि भैरीकालिकाथुम गा.वि.स.रहेको समाजसुधार युवा क्लवको आयोजनामा भैरीकालिकाथुममा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा गा.वि.स. स्तरिय सरोकारवाला निकायसँग अन्र्तक्रिया कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष रत्न बहादुर थापाले गर्नुभएको थियो । कार्यक्रममा अतिथी गा.वि.स. प्रतिनिधी मिना शाही, नेपाली कांग्रेस गाउं कार्यसमिति प्रतिनिधी सूर्य वहादुर शाही समाज सेवी, अन्य वडा स्तरिय युवा क्लव पदाधीकारी गरि जम्मा ३९ जना सहभागीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रम गाउँ विकास समितिमा युवाको भूमीका, स्थानिय स्तरमा रोजगारीको पहिचान र प्रवर्धन लगायत सामाजिक रुपमा भएका सामाजिक विकृतीहरुलाई न्यूनीकरण गर्ने विषमा केद्रित भइ कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा अतिथी मिना शाही र सूर्य बहादुर शाहीले युवासक्रिय उमेर भएकोले पनि स्थानिय स्तरमा भएका रोजगारीका सम्भावनाहरुलाई पहिचानका साथै प्रवर्धनका लागि सहयोग गर्ने वारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा सहजीकरण सामाजिक सेवा केन्द्र दैलेखका कर्मचारी कमला भण्डारी र निर्मला नेपालीले गर्नुभएको थियो । युवा क्लवलाई सक्रिय साथ संचालन गर्दै सकारात्मक सन्देश फैलाउदै सकारात्मक बाटोमा लैजाने प्रतिवद्धता सहित कार्यक्रमका अध्यक्षले कार्यक्रम समापन गर्नुभएको थियो ।

यसै गरि वडाखोला गा.वि.स. वडाखोला गा.वि.स.मा रहेको सनलाइट युवा संजालको आयोजनामा वडाखोला गा. वि.स.कार्यालयमा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा गा.वि.स. स्तरिय सरोकारवाला निकायसँग अन्र्तक्रिया कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रमको अध्यक्षता संजालका अध्यक्ष नन्न्दाराम खत्रीले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी गा.वि.स. सचिव पूर्ण बहादुर थापा,अतिथी राजनैतिकदल गा.वि.स. स्तरिय प्रमुख एंव प्रतिनिधी, विद्यालय प्रतिनिधी, कृषि वन वातावरण समतिका अध्यक्ष,समाजसेवी वडा स्तरिय युवा क्लवका पदाधीकारीहरु गरि जम्मा ५२ जना सहभागीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रम गाउँ विकास समितिमा युवाको भूमीका, स्थानिय स्तरमा रोजगारीको पहिचान र प्रवर्धन लगायत सामाजिक रुपमा भएका सामाजिक विकृतीहरुलाई न्यूनीकरण गर्ने विषयमा केद्रित भइ कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा राजनितीक दल नेपाली काग्रेस पार्टीको तर्फबाट रामकृष्ण गुरुङ, रा.प्र.पा। नेपालको तर्फबाट विष्णु भट्टराई, ने.म.कि.पा.को तर्फबाट बालाराम कार्की, कृषि, वन वातावरण समितिका तर्फबाट अध्यक्ष दल बहादुर गुरुङ र प्रमुख अतिथी गा.वि.स.सचिव पुर्ण बहादुर थापाले मन्तव्य राख्नु भएको थियो । युवा क्लव था संजाल सक्रिय रुपमा संचालन र्भको खण्डमा आगामी गाउँ परिषद्मा सहभागी गराइ योजना छुट्याउन सकिने कुराको बारेमा जानकारी दिदै प्रतिवद्धता पनि जाहेर गर्नुभएको थियो । स्थानिय स्तरमा भएका सामाजिक कुसस्कारलाई न्यूनीकरण गरि राम्रो काम गर्ने भूमीका युवाको नै भएकोले युवाहरु निरत्र रुपमा सकारात्मक परिवर्तनको लागि जुट्नुपर्ने कुरा औलाउनु भएको थियो । स्थानिय स्तरमाभएका रोजगारीको पहिचानका साथै प्रवर्धनका लागि सहयोग गर्ने वारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा सहजीकरण सामाजिक सेवा केन्द्र दैलेखका कर्मचारी वालकुमारी नेपालीले गर्नुभएको थियो । युवा क्लवलाई सक्रिय साथ संचालन गर्दै सकारात्मक सन्देश फैलाउदै सकारात्मक बाटोमा लैजाने प्रतिवद्धता सहित कार्यक्रमका अध्यक्षले कार्यक्रम समापन गर्नुभएको थियो ।

यसै गरि विन्ध्यावासीनी गा.वि.स. सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखद्धारा संचालित महिला,युवार बाल अधिकार प्रवर्धन कार्यक्रम अन्र्तगत विन्ध्यावासीनी गा.वि.स.मा रहेको राइलीमालिका युवा संजालको आयोजनामा विन्ध्यावासीनी गा. वि.स.मा रहेको महिला संजालको भवनमा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा गा.वि.स. स्तरिय सरोकारवाला निकायसँग अन्र्तक्रिया कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रमको अध्यक्षता संजालका उपाध्यक्ष दुर्गा थापाले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी गा.वि.स. सचिव युवक हमाल,अतिथी राजनैतिकदल गा.वि.स. स्तरिय प्रमुख एंव प्रतिनिधी, विद्यालय प्रतिनिधी, समाजसेवी वडा स्तरिय युवा क्लवका पदाधीकारीहरु,महिला संजाल प्रतिनिधी, बाल संजाल प्रतिनिधी गरि जम्मा ४४ जना सहभागीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रम गाउँ विकास समितिमा युवाको भूमीका, स्थानिय स्तरमा रोजगारीको पहिचान र प्रवर्धन लगायत सामाजिक रुपमा भएका सामाजिक विकृतीहरुलाई न्यूनीकरण गर्ने विषयमा केद्रित भइ कार्यक्रम संचालन गरिएको थियो । प्रमुख अतिथी गा.वि.स.सचिव युवक हमालले मन्तव्य राख्नु भएको थियो । युवा क्लव तथा संजाल सक्रिय रुपमा संचालन भइ कार्ययोजना सहित गाउँ परिषदमा आएको खण्डमा गा.वि.स.को रकम छुट्याउन सकिने कुराको बारेमा जानकारी दिनुभएको थियो । स्थानिय स्तरमा भएका सामाजिक कुसस्कारलाई न्यूनीकरण गरि राम्रो काम गर्ने भूमीका युवाको नै भएकोले युवाहरु निरन्तर रुपमा सकारात्मक परिवर्तनको लागि जुट्नुपर्ने कुरा औलाउनु भएको थियो । स्थानिय स्तरमा भएका रोजगारीको पहिचानका साथै प्रवर्धनका लागि सहयोग गर्ने वारेमा छलफल एंव विदेशमा गइ विदेशमा लगानी गर्ने रकम र परिश्रम यहि लगानी गरेमा पनि प्रगति गर्न सकिने कुराको बारेमा अन्र्तक्रिया भएको थियो । विदेश जाने प्रक्रियामा न्यूनीकरण तथा गए पनि सुरक्षीत तरिकाले जाने वातावरण सृजन ागर्न सरोकारवाला निकायले सहयोग गर्ने वारेमा औल्याउनु भएको थियो । कार्यक्रममा सहजीकरण सामाजिक सेवा केन्द्र दैलेखका कर्मचारी निर्मला विष्टले गर्नुभएको थियो । युवा क्लवलाई सक्रिय साथ संचालन गर्दै सकारात्मक सन्देश फैलाउदै सकारात्मक बाटोमा लैजाने प्रतिवद्धता सहित कार्यक्रमका अध्यक्षले कार्यक्रम समापन गर्नुभएको थियो ।

यसै गरि वाँसी गा.वि.स.सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखद्धारा सचालित महिला,युवा र बाल अधिकार प्रवर्धन कार्यक्रम अन्र्तगत वाँसी गा.वि.स.मा रहेको ज्वाला युवा संजालको आयोजनामा वांसीमा गा. वि.स.मा रहेको मालिका उ.मा.वि.मा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा गा.वि.स. स्तरिय सरोकारवाला निकायसँग अन्र्तक्रिया कार्यक्रम संचालन गरिएको हो । कार्यक्रमको अध्यक्षता संजालका अध्यक्ष सुभेन्द्र पोखरेलले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी मालिका उ.मा.वि.प्राचार्य रामबहादुर वुढा, राजनैतिकदल गा.वि.स. स्तरिय प्रमुख एंव प्रतिनिधी, विद्यालय प्रतिनिधी, समाजसेवी वडा स्तरिय युवा क्लवका पदाधीकारीहरु,महिला संजाल प्रतिनिधी, बाल संजाल प्रतिनिधी गरि जम्मा ४३ जना सहभागीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रम गाउँ विकास समितिमा युवाको भूमीका, स्थानिय स्तरमा रोजगारीको पहिचान र प्रवर्धन लगायत सामाजिक रुपमा भएका सामाजिक विकृतीहरुलाई न्यूनीकरण गर्ने विषयमा केद्रित भइ कार्यक्रम संचालन गरिएको थियो । सरोकारवाला निकाय र युवा क्लव विच उपरोक्त विषयमा अन्र्तक्रिया भएको थियो प्रमुख अतिथी राम बहादुर वुढाले मन्तव्य राख्नु भएको थियो । स्थानिय स्तरमा भएका सामाजिक कुसस्कारलाई न्यूनीकरण गरि राम्रो काम गर्ने भूमीका युवाको नै भएकोले युवाहरु निरन्तर रुपमा सकारात्मक परिवर्तनको लागि जुट्नुपर्ने कुरा औलाउनु भएको थियो । स्थानिय स्तरमा भएका रोजगारीको पहिचानका साथै प्रवर्धनका लागि सहयोग गर्ने वारेमा छलफल एंव विदेशमा गइ विदेशमा लगानी गर्ने रकम र परिश्रम यहि लगानी गरेमा पनि प्रगति गर्न सकिने कुराको बारेमा अन्र्तक्रिया भएको थियो । विदेश जाने प्रक्रियामा न्यूनीकरण तथा गए पनि सुरक्षीत तरिकाले जाने वातावरण सृजना ागर्न सरोकारवाला निकायले सहयोग गर्ने वारेमा औल्याउनु भएको थियो । कार्यक्रममा सहजीकरण सामाजिक सेवा केन्द्र दैलेखका कर्मचारी मिरा स्वर्णकारले गर्नुभएको थियो । युवा दिवसको अवसरमा मालिका उ.मा.वि. परिसरमा वृक्षारोपण कार्यक्रम संचालन युवा संजाल विद्यालय परिवार मिलेर गरिएको थियो । युवा क्लवलाई सक्रिय साथ संचालन गर्दै सकारात्मक सन्देश फैलाउदै सकारात्मक बाटोमा लैजाने प्रतिवद्धता सहित कार्यक्रमका अध्यक्षले कार्यक्रम समापन गर्नुभएको थियो ।

प्रतिक्रिया