पुरुषको नीति महिलाको नेतृत्व

पुरुषको नीति महिलाको नेतृत्व

भक्त वहादुर शाही
दैलेख,साउन ३१ गते । लकान्द्र—९ की मैनकला शाही सिम्ले मालुकोट सामुदायिक वन उपभोक्ता कोषाध्यक्ष छनौट हुँदा जति खुशी हुनु हुन्थ्यो । त्यति नै दुःखी हुनुहुन्छ । सामुदायिक वन उपभोक्ता समितिमा छनौट गर्दा पुरुषले जति सहयोग गरेका थिए । काम गर्दा तीनै पुरुषबाट सहयोग नभएपछि शाहीले गुनासो गर्नुभयो । अरु महिला त्यति भन्न बोल्न सक्दैन भनेर मलाई नै कोषाध्यक्षमा छनौट गरे,आफु कोषाध्यक्ष भए आर्थिक कारोवारोमा पुरुषहरुले मन परि गर्ने गरेको उहाँको आरोप छ ।

सहयोगले नै हामी नेतृत्वमा आयौं । एक हप्ता अगाडी दैलेख जिल्ला विकास समितिको स्थानीय विकास कोषमा गरिवी निवारण कार्यक्रमको आयआर्जनका लागि ऋण लिन आएकी वडलम्जी गाविसकी सामुदायिक संस्थाकी महिला नेतृत्व ।
सहयोगले नै हामी नेतृत्वमा आयौं ।
एक हप्ता अगाडी दैलेख जिल्ला विकास समितिको स्थानीय विकास कोषमा गरिवी निवारण कार्यक्रमको आयआर्जनका लागि ऋण लिन आएकी वडलम्जी गाविसकी सामुदायिक संस्थाकी महिला नेतृत्व ।

नेपाल सरकारले राज्यका जुनसुकै निकायमा महत्वपुर्ण पदमा महिला रहनु पर्ने प्रावधान गरेको छ । राज्य प्रावधान ल्याएपनि पुरुषले नीतिमा उल्लेख गरे अनुसारको व्यवहारमा हुन नसकेको श्रीकृष्ण उमाविका प्रधानाध्यापक इलामल्ल शाहीले बताउनुभयो । गाउँस्तरका उपभोक्ता समितिमा महत्वपुर्ण पदमा महिलालाई राखेपनि निर्णयमा वेवास्ता गर्ने गरेको उहाँको भनाई छ । गाउँमा एकातिर कामको चाप,अर्कोतिर शिक्षाको कमीले गर्दा महिला पछि परेको र त्यसको फाइदा पुरुषले उठाईरहेको छन,उहाँले भन्नुभयो । त्यस्तै गरि जिउनी दुदेपानी सामुदायिक वनकी कोषाध्यक्ष मनसरा कामीको पनि त्यस्तै दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो“हामी त समितिमा नाममात्रका छौं,सबै काम पुरुषले गर्छन् कसरी हामी महिला अगाडी जान सक्छौं, प्रश्न गर्नुभयो ?”
राज्यका हरेक निकायमा महिलालाई ३३ प्रतिशत सहभागिता गराउनु पर्ने अवधारणा कागजमा प्रयोग भएपनि व्यवहारमा भने न्यून देखिएको विशाला वाहकोट माविका शिक्षक विपिन सिजापति बताउनुभयो । उहाँले भन्नुभयो,“गाउँमा गठन गरिएका जुनसुकै समितिमा नेपाल सरकारले भने अनुसार ३३ प्रतिशत महिला समितिमा छनौट भई नेतृत्व पदमा छनौट गरिएपनि व्यवहारमा भने पुरुषकै हालीमुहाली छन् । महिला नाम मात्रका छन् कुनै कुराको जानकारी हुदैन । नेतृत्व पदमा महिला भएपनि वैठकमा बोलाउँदैनन् । एकातिर महिलाले घरायसी कामले वैठकमा आउन नसक्ने र अर्कोतिर पुरुषले मेरो भनेपछि महिलाले मानिहाल्छन् भनेर वेवास्ता कारण नीतिमा महिला पछि परेका हुन् ।”
नेपाल बारएशोसियन दैलेखका अध्यक्ष सुरेन्द्र अधिकारीले महिलामा नीति सहित नेतृत्वमा बृद्धी गर्न महिलामा सामाजिक सक्षमता अभिवृद्धि गर्नुपर्ने जोड दिनुपर्ने बताउनुभयो । जिल्ला सदरमुकामा मात्र महिला कार्यक्रमलाई ग्रामीण तहमा पु¥याएमात्र लिएको लक्ष्य पुरा हुने छ,उहाँले थप्नुभयो । यहाँका जिल्लामा विश्व वैंकको सहयोग सञ्चालन गरिएको गरिवी निवारण कार्यक्रमले महिलाहरुको क्षमता विकास गर्न,महिला सशक्तिकरण गर्न ग्रामिण वस्तीमा गठन गरिएका सामुदायिक संस्थाहरुमा नेतृत्व देखि सदस्यसम्म महिलालाई प्राथमिक दिएको छ । तीनै महिलाहरुको संयुक्त दस्तखतबाट आयआर्जनका क्रियाकलाप देखि भौतिक विकास ,आर्थिक परिचालनमा महिलाहरुको अहम भुमिका रहने कोषले स्पष्ट किटान गरेका देखिन्छ । विकास निर्माणलाई दिगो बनाउन महिला पनि पुरुषसरह काम सकुन,भन्ने नीतिले खासै काम नगरेको दुल्लू नगरपालिका घनश्याम भण्डारीले बताउनुभयो । “चेतना नजगाईकनै नेतृत्व दिनुहुदैन थियो,नीति लागु गराउन चेतना अनिवार्य रहेको उहाँको बुझाई रहेको छ ।”
तर जिल्लाका अधिकाँश उपभोक्ता गरिवी निवारण कार्यक्रमल अतिविपन्न परिवारलाई अनुदानका रुपमा उपलब्ध गराईएको रकमबाट खरिद गरिएका अधिकाँश बाख्रा पाठाहरु चैत्रदशै र वडादशैमा सम्धी र ससुरालीलाई स्वागतमा शिकारका लागि उपयोग हुने गरेको जानकारी दिनुभयो । बास्तवमा प्रयोजनलाई फलदायी वनाउने हो भने सामुदायिक संस्थालाई शेयर सदस्यता दिई विकास वैंकको अवधारणामा प्रत्येक गाउँ विकास समितिमा वैंक शाखाहरु मार्फत कार्यक्रमलाई प्रभावकारी र फलदायी वनाउने सकिने उहाँको धारणा रहेको छ ।

जिल्ला विकास समिति स्थानीय विकास कोष द्धारा सञ्चालित गरिवी निवारण कार्यक्रमका संयोजक पुर्ण नाथ योगी भन्नुहुन्छ,हामीले सामुदायिक संस्थालाई अनुदान दिने हो,हामीले गठन गरेका सबै सामुदायिक संस्थामा महिलाको नेतृत्व र महिला नै सदस्य भएकाले महिलाले नै समुहबाट ऋण लिने गरेका छन् घरमा गएवेला छोरा चलाउँछन वा श्रीमान त्यो हामीलाई थाहा छ्रैन् । महिलाहरुको क्षमता विकास गर्न र पुरुष सरह महिलाको विकास र सामाजिक सशक्तिकरणका लागि कार्यक्रमले नेतृत्वदेखी सबै तहमा महिला अनिवार्य गरेको हो,उहाँले थप्नुभयो । तत्कालिन वडलम्जी गाविस हाल दुल्लू नगरपालिका –८ मा गठित मदिना सामुदायिक संस्थाकी अध्यक्ष सविता मियाँ भने आफुहरुको संस्थामा नीति र नेतृत्वमा महिला नै भएको दावी गर्नुहुन्छ । जहाँ अशिक्षा कम ज्ञान भएका केही सामुदायिक संस्थामा पुरुषको नीति महिलाको नेतृत्व भएको हुनसक्छ । नीति र नेतृत्व महिलाकै बनाउन स्थानीयस्तरका पुरुषले सहयोग अनिवार्य रहेको बताउनुहुन्छ । हामी पनि पुरुष दाजु भाईको सहयोगले नै नेतृत्वमा पुगेका हौं ।

प्रतिक्रिया