२४ बर्षपछि तल्लो नाउलीमा खानेपानीमा निर्माण

२४ बर्षपछि तल्लो नाउलीमा खानेपानीमा निर्माण

भक्त वहादुर शाही
दैलेख,साउन ३२ गते । यहाँको पुर्विय गाविस सल्लेरी –३ को तल्लो नाउलीका बासिन्दा २४ वर्षपछि खानेपानी पिउने पाउने भएका छन् । गरिवी निवारण कोषको लगानीमा तल्लो नाउली बस्तीमा छ वटा धारा निर्माण गरेकाले नाउलीबासी दुषित खानेपानी पिउनुपर्नेबाट मुक्त भएका हुन् ।

दैलेखको सल्लेरी गाविसको तल्लो नाउलीमा गरिवी निवारण कोषको आर्थिक सहयोगबाट निर्माण गरिएको खानेपानीको धारणा । उक्त बस्तीमा २४ बर्षपछि खानेपानीको पहिलो पटक धारा निर्माण गरिएको हो ।

राजनिति परिवर्तन सँगै ०४६ सालमा के –वर्डको आर्थिक सहयोगमा खानेपानी बनेपछि पहिलो पटक स्थानीयले मुख मिठ्याएका थिए, । वर्षदिन नपुग्दै खानेपानी बन्दै भएपछि पुनःनाउली बासीले खोलाकै दुषित पानीको प्रयोग गर्दै आएका थिए । दुषित पानी गर्दा अधिकाँश पानी बर्षातको सिजनमा म्यादी ज्वरो,झाडापखाला जस्ता सरुवा रोगबाट ग्रसित हुनु परेको सोही गाविसका गंगबहादुर थापा मगरले बताउनुभयो । ०५४ सालको स्थानीय निकायको चुनावमा सन्तबहादुर चन्दलाई खानेपानी बनाई दिने आश्वासनामा भोट दिई पुरा हुन नसकेको तितो अनुभव सुनाउनु भयो । खानेपानी बनिहाल्ने थियो की द्धन्द्धले गर्दा त्यो सम्भव भएन,उहाँले भन्नुभयो । तत्कालिन नेकपा माओवादीले चलाएको युद्धको समयमा उक्त गाविस दैलेखको सबैभन्दा बढी द्धन्द्धको चपेटा परेको थियो ।
शुद्ध स्वच्छ खानेपानी पिउन पाउँदा आफुलाई स्वर्गमा पुगेको अनुभव सुनाउनु भयो सोही वस्तीका बासिन्दा नविन रानामगरले । खेतवारीमा काममा गएको बेला बेलुकापख पानी बर्षात बेला कतिदिन त धमिलो पानी खाएर जीवन बचायौं । अहिले खानेपानी बन्दा सबै भन्दा सजिलो महिलालाई भएको छ । खानेपानी ल्याउनबाट बचेको समय तरकारी खेती अन्य काममा लगाउँछौं उहाँले थप्नुभयो ।
४९ वटा घरधुरी रहेको बस्तीमा दुई घरधुरी दलित छन भने बाँकी सबै घरधुरी जनजातीका रहेका छन् । गरीवि निवारण कोषको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखले आठ लाख ९७ हजार ०९३ रकमको लगानीमा बस्तीमा छ वटा धारा निर्माण गरिएको थियो । दुई लाख १७ हजार छ सय ३२ रकमको स्थानीयबासीले जनश्रमदान गरेका थिए । खानेपानीको लागि पाँचवटा धारा निर्माण गर्ने भने पनि स्थानीयले श्रमदान थप एकधारा निर्माण ग¥यौं सचिव नविन रानामगरले जानकारी दिनुभयो । खानेपानी निर्माणबाट तीनसय ७६ जना लाभाविन्त भएको सामाजिक सेवा केन्द्र (सोसेक)ले जनाएको छ । खानेपानीको सेवा सुविधा सँगै स्थानीयबासीले सरसफाई क्रियाकलाप गर्नुका साथै समुदायमा चाँङ फोहोर फाल्ने खाल्डो र फाहोर व्यवस्थापनका क्रियाकलाप गर्दै आएको छन् ।

प्रतिक्रिया