३ वर्षमा १ किलोमिटर बाटो पिच त्यो पनि १ हप्तामै उप्कियो

३ वर्षमा १ किलोमिटर बाटो पिच त्यो पनि १ हप्तामै उप्कियो

दुर्गा वि.सी
सल्यानको सल्लीवजार देखि रुकुम चौहरजारी सडक खण्ड पिच भएको ७ दिन भित्रमा उत्रिएको छ । देवस्थलको वस्नेउरा नजिकै चौहरजारी सडक खण्डको ८ सय मिटर पिच गरेको सडकको उप्केको छ । ३ वर्षमा १ किलोमिटर पिच भएको सो सडक खण्डमा यतिवेला सम्पुर्ण यातायातका साधान ठप्प छन् । Road pich1 road pich२ करोड ५० लाखमा ठेकेदार डिल्ली रावतले काम गरेको सडक डिभिजन कार्यलय दाङले जनाएको छ । साथै उक्त टेन्डरको स्वीकोटको कोइर्याल खोला आसपासमा २ किमी डकल कटिङ,त्यसै गरि मुलखोला त्रिवेणीवजार र शंखपीपल वजारको विच भागमा २ सय मिटर ग्रावेल गरिएको छ । सडक डिभिजन कार्यलय दाङले उक्त सडक खण्डमा प्रती वर्ष ८ करोड भन्दा वढि खर्चेको वताएको छ । गत आषाढमा भएको डवल कटिङ र ग्रावेल भएको ठाउबाट यो वर्षायाम गाडि चलल्न सकिरहेका छनन् ।

सडकको स्तरउन्नती भएको ठाउमा नै गाडि फस्ने गरेको व्यवासयी भुपाल साहुले वताए । २ करोड ५० लाखको कामले गर्दा यसपाली चौहरजारी सडक खण्डमा यातायातका साधान आवत जावत रोक्ने काम गरेको अर्का गाडि व्यवसायि खिम वहादुर वुढाको भनाई रहेको छ । डवल कटिङ र ग्रावेल भएको ठाउमा गाडि फस्ने भएकोले ट्याक्टर बाहेक अन्य कुनै पनि सवारी साधान आवत जावत गर्न कठिन भएको छ । वर्षायाम लागे पछि यातायातका साधान ठप्प रहँदा आवत जावतमा कठिनाई उत्पन्न भएको छ ।

मानिस विरामी पर्दा समेत बोकेर सल्लीवजार लिनुपर्ने बाध्यता रहेको छ । बाटो खुल्योको १२ वर्ष नाध्न लाग्दा समेत बाटोको स्तर उन्नती नहुदा नागरिकले पाउन दुख पाएको नेकपा माओवादि केन्द्रका केन्द्रीय सदस्य तथा स्थानीय किर्ती वहादुर रानाको भनाई रहेको छ । बाटो निमार्णको जिम्मा पाएका ठेकेदार र सडक डिभिजनको चरम लापरवाहिले यो बाटोको अवस्था प्रति वर्ष विग्रदै गएको रानाको भनाई छ । यस वर्षको ठेकेदारको काम हेर्दा लाज मर्दो भएको छ । जुन ठाउँमा ग्रावेल भएको र डवल कटिङ भएकै स्थानबाट यातायातका साधान आवत जावत गर्न नसकि ३ दिन सम्म हिलाम फस्ने गरेका छन् । पिच, ग्रावेल,डवल र कटिङ जस्तो काम वर्षाको समयमा हुनाले झनै समस्या थप्ने गरेको छ । कामको जिम्मा लेगेका ठेकेदारहरु समयमा काम गर्न नआउने र वर्षायाम सुरु भए पछि काम गर्दा यातायातका आवगमनमा असर पारेको छ ।

प्रतिक्रिया