ट्राफिक प्रहरी दैलेखद्धारा श्रावण महिनामा १ लाख ३५ हजार बढि राजश्व संकलन ।।

ट्राफिक प्रहरी दैलेखद्धारा श्रावण महिनामा १ लाख ३५ हजार बढि राजश्व संकलन ।।

भिम सिजापति
भाद्र 2 दैलेख– ट्राफिक प्रहरी कार्यालय दैलेखले पछिल्लो समयमा ट्राफिक चेकजाँचमा अझै कडाई गरेको छ । चेकजाँचका क्रममा श्रावण महिनामा कार्यालयले दैलेख १ लाख ३५ हजार ५ सय राजश्व संकलन गरेको छ । प्रहरीले एक महिनामा ६६ बसलाई कारबाही गरी ३४ हजार ५ सय, ६१ ट्रकलाई कारबाहि गरी ३१ हजार ५ सय, ४१ ट्याक्टरलाई कारबाहि गरी २१ हजार, ५० जिपकारलाई कारबाहि गरी २६ हजार ५ सय, २६ मोटरसाईकललाई कारबाही गरी २२ हजार गरी जम्मा २ सय ५४ यातायातका साधनलाई कारबाही १ लाख ३५ हजार ५ सय राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरिक्षक छविलाल ढकालले जानकारी दिनु भयो । ढकालका अनुसार श्रावण महिनामा छुट्टाछुट्टै ६ सवारी साधन दुर्घटना भएकोमा १ जना सामान्य घाईते समेत भएका छन् । दैलेखमा श्रावणमा सबै भन्दा बढि बस चालकले सवारी नियम उल्लङघन गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया