नगर सम्मेलन आयोजक समिति गठन

नगर सम्मेलन आयोजक समिति गठन

शेरबहादुर थापा,

मुम्बई, ३ भदौ-प्रवासी नेपाली संघ भारत वसई विरार नगर समितिको छैटौं नगर सम्मेलन आयोजक समिति गठन भएको छ । जनक तिमिल्सिनाको अध्यक्षता र रतन चलाउनेको संचालनमा सो कार्यक्रम नालासोपारा स्थित पब्लिक एजुकेसन स्कुल गोराईपाडामा सम्पन्न थियो । india2 india 1उक्त कार्यक्रममा प्रवासी नेपाली संघ भारत महाराष्ट्र गुजरात सयुक्त राज्य समिति सह सचीव प्रेम राज ढुंगानाको प्रमुख आतीथ्यता रहेको थियो भने अन्य अतिथिका रुपमा राज्य समिति सदस्य तथा नगर समिति इन्चार्ज राजेन्द्र प्रसाद खनाल, राज्य समिति खेलकुद बिभाग सदस्य जगत बहादुर भण्डारी लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्रवासी नेपाली संघ भारतको गतिविधि मन पराएर नेपाली जनसम्पर्क समिति भारतका शाखा उपाध्यक्ष गणेश जैसी र अखिल भारत नेपाली एकता मंच बाट हरिश खनाल प्रवासी नेपाली संघ भारतमा प्रवेस गरेका बताइएको छ ।

उक्त कार्यक्रममा १५ जनाको नगर आयोजक समिति गठन गएिको छ । जसमा संयोजक पर्सुराम तिमिल्सिना, उप सयोजक भुमी प्र जैसी, प्रचारप्रसार प्रमुख रतन चलाउने, प्रचारप्रसार उप प्रमुख केशव बि क, आर्थिक बिभाग प्रमुख बिष्णु प्र तिमिल्सिना, सदस्यहरुमा क्रमस भरत खड्का, जनक थापा, भिम ब .शाही ,गणेश जैसी, हरिस खनाल, पुष्पराज न्यौपाने, देवेन्द्र शर्मा, धर्म राज ढकाल, जगत नेपाली र नैने बि .क रहेका छन् । कार्यक्रम प्रमुख अतिथिले नव प्रवेसीलाई टीका द्धारा हार्दिक स्वागत गरेर प्रवासी नेपाली संघ भारतको बिधान अनुसार सफत ग्रहणसमेत गराएका बताइएको छ ।

प्रतिक्रिया