बलात्कारी फरार ।।

बलात्कारी फरार ।।

भाद्र ३ दैलेख- एक युवतीलाई बलात्कारको आरोपमा प्रहरीले खोज्न थालेपछि दैलेखको रानीवन गाविस वडा नं. ५ गैडाबाजका २३ वर्षीय दीपक पाण्डे फरार भएका छन् । गाउँकै एक दलित युवतीलाई गएराति बाँसीको मालिका माई मेलामा बलात्कार गरेको भनी पीडितले गैंडाबाज प्रहरीमा लिखित निवेदन परे लगतै भागेको बताइएको छ । गैंडाबाज प्रहरी चौकीका इञ्चार्ज असई नरेन्द्रसिंह कार्कीले निवेदन आएको र त्यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया