संस्कार परिवर्तनको खोजीमा दलित समुदाय

संस्कार परिवर्तनको खोजीमा दलित समुदाय

हिक्मत कुमार रतन
कालिकाेट, भदौ ४-परम्परागत कुरिती र कु–संस्कारहरु ग्रामिण भेगहरुमा अझै पनि कायमै रहेका बेला कालीकोट जिल्ला सदरमुकाम देखी पश्चिम पर्ने धौलागोह गा.वि.स. का दलित समुदायहरु जातिय विभेद न्युनिकरण तथा परम्परागत रुपमाा मान्दै आएको कु–संस्कारलाई परिवर्तन गर्ने खोजीमा लागि परेका छन् । धौलिहवा गा.वि.स. को वडा नं ७ मा यस क्षेत्रकै ठुलो तथा दलितहरुको बढी बाहुल्यता भएको वडा लार्क गाँउ हो ।

 धौलागोह गाविस वडा नं. १ को मुक्तिकोट दलीतको समुह वैठकमा दलित अगुवाहरु संस्कार परिवर्तनको वारेमा कुरा राख्दै

धौलागोह गाविस वडा नं. १ को मुक्तिकोट दलीतको समुह वैठकमा दलित अगुवाहरु संस्कार परिवर्तनको वारेमा कुरा राख्दै

१७५ वटा घरधुरी मध्ये यहाँ कामी, दमाई र सार्की जातीको बसोबास रहि आएको छ । गाउँ विकास समिति भित्र बसोबास गर्ने अधिकाँस दलितहरुको मुख्य पेशा सिलाई कटाई र आरन व्यवसाय नै हो । परम्पररागत रुपमा पुर्खाहरुले गर्दै आएका बालीघरे प्रथा लाई मान्दै आएका दलित समुदायका मानिसहरु सानै देखी विद्यालयमा नगई रितीको घरमा वर्षभरीको बाली उठाउने ठिक्कैहुन्थ्यो । बढी दुर्गन्धीत भएका कारण दलित समुदाय बसोबास रहेको ठाउँमा आउने अन्य छिमेकी वडाका मानीसहरु घरमा नबसी हिड्ने गर्दथे कहि कतै बसीहाले भने पनी छोइहाले पनी आफ्नो घरमा जाँदा छुई छिटो हालेर मात्र आफ्नो घरमा प्रबेश गद्र्थे । विगत को १० वर्षे जनयुद्धको अवस्थामा डरले परिवर्तन भएको अहिले फेरी उहि पुरानो कुरामा सिमित भएको छ ।

सामाजीक सेवा केन्द्र सोसेक नेपाल द्धारा गा.वि.स.स्तरीय परिचयात्मक कार्यक्रम सञ्चालन भएपछि प्रत्येक वडामा अधिकारमा आधारीत जिवीकोपार्जन तथा सुधार परीयोजना अन्र्तगत जोडी समुह छनौट गरी जोडीलाई २ दिने अभिमुखीकरण कार्यक्रम अधिकारको लागी सहयोग पु¥याउन ३ दिने सम्म नमुना जोडी समुह तालीममा दलित–दलित विचको अन्तर छुवाछुत तथा दलित र गैरदलित विचको जातीय छुवाुछत महिला हिँसा, घरेलु हिसा जस्ता सामाजीक विकृती

धौलागोह गाविस वडा नं. १ को मुक्तिकोट दलीत वस्ती
धौलागोह गाविस वडा नं. १ को मुक्तिकोट दलीत वस्ती

न्युनीकरण गर्नु पर्छ भन्ने सोच पलाएको जोडी समुहका सदस्य सरोज बि.क.बताउछन् । विगतका दिनमा सम्झदै दःुख र पीडा काटदै बसिरहेका थियौं सरोज भन्छन हाम्रो समुदायमा विभिन्न समुुह तयार गरी छाउपडी प्रथा, महिला माथी हुने विभेद, जातीय छुवाछुत प्रथाको बारेमा विभिन्न चेतना मुलक कार्यक्रम पनी समुदायमा गरिरहेका छौ । गाउँका ६० घरधुरीमा सरसफाई तथा तथा अनुगमनका लाई सञ्चालन गर्दैजादाँ समाज परीवर्तनको काम सजीलो भएको बस्तीका दलितहरुको भनाई रहेको छ । समुहका सदस्य डबल दमाई भन्छन् “अभियानमा जाँदा गैर दलीत मात्र हैन दलीत समुदायका मान्छेले पनी मलाई बाहिर राखेर कुरा गर्थे ।” यति भइसक्दा पनि समुदायलाई सोसेक नेपालको कार्यक्रमले दलीत समुदायमा अधिकारका लागी आवाज उठाउने सृजना ग¥यो । दलित समुदायकै नाममा भनेर गाविसको आठौं गाँउ परीषदमा जानको लागी हामीले ७ सदस्यीय गावीस स्तरीय दलीत नेटबर्क गठन गरी ८० हजार छुटाउन लगायौ ।
दलित समुदायको चौतर्फी विकासको लागि विजियोजित रकमले वडा स्तरीय जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको उनी बताउछन् । त्यहाँ

धौलागोह गाविस वडा नं. १ को मुक्तिकोट दलीत समुदायको वैठक सहभागिहरु संस्कार परिवर्तनको वारेमा छलफल गर्दै
धौलागोह गाविस वडा नं. १ को मुक्तिकोट दलीत समुदायको वैठक सहभागिहरु संस्कार परिवर्तनको वारेमा छलफल गर्दै

बसोबास गर्ने दलितहरु कहिल्यै देख्न नपाईने खापर देब मन्दीरमा पहिलो पटक दलीत र गैरदलीतको सामुहीक समन्वयमा मन्दीर प्रवेश गरेका छन् ।लार्फ गाउमा पहिले र अहिले को जस्तो विमेलको अवस्था नरहेको स्थानिय बासीहरुको भनाई छ । दलीत दलीतहरु एकजुट भएर समुह बनाएका छन् । छाउ भएका बेला महिला हरुलाई पनि अहिले प्रयाजसो घरमानै राख्ने गरेको उनीहरुको भनाई छ “समस्या लुकाएर राख्ने स्वभाव पनी परीवर्तन आएको छ समुदायको आँट सक्रियताले अहिले मुक्तिकोटको गाँउ प्रेरणा बनेको दलीत अगुवा विरी विश्वकर्मा ले बताए ।

फेाटा ः मान वहादुर थापा

प्रतिक्रिया