भारत जान छोडी तरकारी खेतीमा युवा

भारत जान छोडी तरकारी खेतीमा युवा

भदौ ४ कालिकोट जिल्ला धौलागोह गा.वि.स. वडा नं. २ काप्रेखोलाका ३१ वर्षिया बांचे कामी ६ कक्षा पढ्दा पढ्दै भारत जान सुरु गरे । आफ्नो घरमा पुग नपुग १ रोपनी जग्जामा लगाएतको खेतीले एक महिना पनि खान नपुग्ने भएपछि सानै उमेरमा उनी भारत हानिए । दिनभरी साहुको घरमा हलियाको काम गरेर सानो मुठो जम्मा गरेरे घर खर्च चलाउने उनका बुबाको दिनचार्या वित्थ्यो ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखद्धारा संचालित अधिकारमा आधारित जिविकोपार्जन सुधार परियोजना धौलागोह गाविस वडा नं. २ काप्रेखोलाका वाँचे कामीको तरकारी खेति
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखद्धारा संचालित अधिकारमा आधारित जिविकोपार्जन सुधार परियोजना धौलागोह गाविस वडा नं. २ काप्रेखोलाका वाँचे कामीको तरकारी खेति

साउनको भल पौषको जाडो नभनेर हामी सानो झुपडीमा बस्थे । आफु अली ठुलो भएपछि मैले पनि बाबुको हलो जोत्न साहुको घरमा जानुपथ्यो उनी विगतलाई सम्झिन्छन् । उनी भन्छन् केहि समय पछि म विद्यालयमा जान थालें । मैले जेनतेन गरेर कक्षा ६ पास गरे त्यस पछि म भारत हानिए । त्यहा एकदिनको ३० रुपैया पाउथें । केही महिना भारत बसेर ९÷१० हजार कमाएर घरमा ल्याउथें । यसरी नै झण्डै १५ बर्ष भारतमा रोजगारी गरेर बिताएको उनी बताउछन् । २०७१ सालमा फास्नोफर स्वीस क्याथोलिक वर्तदान कोषको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा संचालित “अधिकारमा आधारित जिविकोपार्जन सुधार परियोजना” शुरु भयो ।

विपन्न, सिमान्तकृत वर्गहरुको खाद्य सुरक्षा र उनिहरुको अधिकारको सुनिश्चितता गर्ने उद्देश्य लिएर सञ्चालनमा आएको उक्त परियोजनाले वडा नागरिक मञ्चको संयोजकत्वमा जोडी समूह गठन गरियो । वडामा परिचालनका क्रममा बांचे कामी र उनकी श्रीमति अस्मानीलाई पनि छनौट गरियो । सामान्य विउविजन तथा प्राविधिक सहयोगमा स्थान छनौट गरी तरकारीको नर्सरी स्थापना गरियो । सुरुमा “कहिल्यै तरकारी नखाएको र नलगाएको हामी, शुरुमा कसरी हुन्छ होला भन्ने लाग्थ्यो । तालिम सिकेपछि नयाँ जोस जागँर लगाएरै तरकारी खेति गर्न सुरु गरेको उनी

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखद्धारा संचालित अधिकारमा आधारित जिविकोपार्जन सुधार परियोजना धौलागोह गाविस वडा नं. २ काप्रेखोलाका वाँचे कामीको तरकारी खेति
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखद्धारा संचालित अधिकारमा आधारित जिविकोपार्जन सुधार परियोजना धौलागोह गाविस वडा नं. २ काप्रेखोलाका वाँचे कामीको तरकारी खेति

बताउछन् । परियोजनाको सहयोग र उनिहरुको अथक मिहेनतका कारण उत्पादन भएको तरकारी बेचेर घर खर्च टारेरै बार्षिक २५ हजार जोगाउन सक्ने भएका छन् ।

विगतमा पाएको दुःख लाई सम्झीदै अब आफ्नै देश भित्र केही गर्छु । अर्काको देशमा दुःख गर्नु भन्दा आफ्नै देश भित्र दुख गर्छु । उनी भन्छन् अब म भारत नगई आफ्नै व्यवसायलाई निरन्तरता दिन्छु । उनी मात्र होइन आफुले गरेको व्यवयाबाट लोभ लाग्दो प्रगती देखेर बांचे कामीकी श्रीमति भन्छिन्– “हाम्रो जिवनमा यत्तिको परिवर्तन आउँछ भन्ने सोचेको पनि थिएनौं ।अहिले छोराछोरी पनि विद्यालयमा जान थालेका छन् । बांचे कामी आफ्नो कामबाट भएको प्रगतिमा देखेर आफै दंग परेका छन् । उनी भन्छन – “मैले समाजमा इज्जत संगै आफुले गरेको काम बाट गौरव लागेको छ ।

प्रतिक्रिया