जनताका समस्या बुझ्दै प्रहरी गाउँमा ।।

जनताका समस्या बुझ्दै प्रहरी गाउँमा ।।

भिम सिजापति
दैलेख–४ भाद्र, जिल्ला प्रहरी कार्यालय दैलेखले अहिले नयाँ अभियानको थालनी गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका चौकीहरुबाट प्रदान गरिएका सेवामा जनताको पहुँच तथा जनताले सेवा सुविधा लिँदा भोग्नु परेको समस्या र अपेक्षा संकलन गर्न प्रहरीले गाउँ अभियान सञ्चालन गरेको छ ।
News-Prahariजनतालाई प्रदान गरिदै आएको सेवाको प्रभावकारीता र जनताले सेवा सुविधा लिँदा भोग्नु परेको समस्या र अपेक्षा संकलन गर्न जिल्ला प्रहरी कार्यालय दैलेखले नागरीक सुनुवाई गर्न दैलेखका विभिन्न गाउँमा पुग्ने गरेको छ । प्रहरीले डाडाँपराजुल ७ तल्लोडुंगेश्वरमा गरेको कार्यक्रममा सेवाग्राहीले घरेलु मदिरा नियन्त्रण, लागु औषध प्रयोग र वेचविखनमा रोक लगायतका सामाजीक हिंसा भड्काउने तथा बढाउने तत्वहरुको पहिचान गर्दै यसको न्यनिकरणमा प्रहरी सक्रिय हुनुपर्ने सर्वसाधारणले सुझाब दिएका छन् । जिल्लामा प्रहरीको संख्यामा कमी भई परिचालन प्रभावकारी नभएको, जनसक्तिबाटै आफ्नो काम जनता समक्ष पारदर्शी, सरल र सहज बनाउन माग गरेका थिए । सर्बसाधारणले प्रहरी जनशक्ति तथा यूनिट बढाउन माग गर्दै चौकिमा समेत महिला प्रहरी कर्मचारीको ब्यवस्था गर्न सर्वसाधारणले आग्रह गरेका छन् ।
दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक वीरबहादुर ओलीले नागरिकको सहयोग विना प्रहरीले एक्लै केहि गर्न नसक्ने भन्दै आगामी दिनमा प्रहरी मेरो साथी कार्यक्रम मार्फत समुन्नत समाजको निर्माण गर्न सकीने बताएका थिए । प्रहरी र नागरिक विचको सहकार्य र हातेमालोबाट अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम हुने भन्दै कार्यक्रममा डाडाँपराजुल, अवलपराजुल, गौरी, सेरी , बराह, मालिका, गौरी, बेलपाटा, खडकाबाडा लगाएतका गाबिसका सर्बसाधारणहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया