बाख्राले पालिएको गरिव परिवार

बाख्राले पालिएको गरिव परिवार

भत्त वहादुर शाही
दैलेख, भदौं ५ गते । कुनै समयमा दैलेख खड्कावाडा ४ की चन्द्रा हमाललाई बालबच्चा पाल्न धौ–धौं परेको थियो । श्रीमान छ महिना पैसा कमाउन भारत बस्ने खेतीपातीका लागि मात्र घर फर्किने हुँदा कसरी छोरा छोरी शिक्षा दिक्षा र घरखर्च चलाउने हो भनेर चिन्तामा पिरोलिन गर्नुहून्थ्यो । केही वर्ष यतादेखी भने हमाललाई न छोरा छोरी पढाउने चिन्ता छ नत घर खर्च चलाउनमा । बाख्रापालनबाट राम्रो आम्दानी हुन थालेपछि उहाँको समस्या हटद्रै गएको हो । chandra barkhaगरिवी एवं विपन्न परिवारको जीवनस्तर उकास्नको लागि सञ्चालन गरिएका् उच्च मुल्य कृषी बस्तु विकास आयोजनाले सहयोग गरेपछि हमाल परिवारका दिन फिरेका हुन् । आयोजनाले बाख्रापालन र खसीपालनका लागी गोठ व्यवस्थापनका लागि सहकारी मार्फत सहयोग गर्ने गरेको छ । सहकारीमा उप आयोजना संञ्चालन भएपछि कृषक औधी खुशी भएका छन् ।
आयोजना मार्फत ६२ जना कृषकले प्रत्यक्ष लाभका लिएका छन् । परम्परागत बाख्रा पालन ब्यावसाय बाट खुशी हुन नसकेका कृषकले उप आयोजनाको सहयोग पश्चात आम्दानी हुन थालेपछि चित्त बुझाएका छन् । पहिला हामी यस्तो गोठ बनाउँदैन थियौं,सँगै गाई गोरु हुलेयो भैगो,बाघ स्यालबाट बचाए तै भैगो नी भन्थ्यो । बाख्राखोर आएबाट बाख्रा खसीलाई पनि बस्न आनन्द मानेका होलान हामीलाई पनि मलको थुपार्न सजिलो भएको छ,चन्द्रा हमालले बताउनुभयो ।
चन्द्रा मात्र होइन,गावैकै अन्य ६१ जनाले बाख्रा ब्यावसायका लागि आवश्यक प्राविधिक सहयोग, खोर निर्माण, उन्नत जातको बोका,आहार ब्यावस्थापन, प्राविधीक सेवा तथा सहयोग उपलब्ध भएकोले सबै व्यवसायमा खोट लगाउने ठाउँ नभएको र कृषकको पनि व्यवसायतिर चासो जागेको सोही सहकारी सँस्थाका अध्यक्ष काँशीराम शर्माले बताउनुभयो । आयोजनाले काम गरेर खाने व्यवसाय गर्ने किसानका लागि आर्थिक सहयोग,तालिम समेतको व्यवस्था गरेकाले अन्य किसानलाई सहकारीमा आवद्दता गराई व्यवसाय गर्न र बुझाउन समस्या भएन,उहाँले भन्नुभयो । आयोजनाले आधुनिक खोर निर्माणका खसी बोका लागि अतिगरिव परिवारलाई २५ हजार रकम अनुदान दिएको थियो ।
नौ वटा बाख्रा पाल्दै आएकी हमालले आयोजनाको सहयोग पश्चात बार्षिक ६५ हजार आम्दानी हुने गरेको बताउनुहुन्छ । सात जना परिवार र केटाकेटीको उच्च शिक्षाका लागि पैसा खर्च गर्छु उहाँले थप्नुभयो । हमालले राम्रो आम्दानी गरेपछि चिया चौतरामा समेत उहाँको चर्चा हुन थालेको सोही गाविसका अमृत खडकाले बताउनुभयो । कर्णाली राजमार्ग पर्ने भएकाले बजारको लागि त्यति समस्या नरहेको खडकाले जानकारी दिनुभयो । खसी र बोका पाल्नु मात्र प¥यो खरिद गर्ने मान्छे सुर्खेतबाट गाउँमै पुग्छन, उहाँले थप्नुभयो ।

प्रतिक्रिया