ज्वालागढी मसला उद्योग किसानका माझ

ज्वालागढी मसला उद्योग किसानका माझ

ज्वाला सन्देश सम्वाददाता
दैलेख विभिन्न प्रकारका मसला प्रसोधन गर्दै बजारीकरण गरिरहेको ज्वाला गढी मसला उद्योग दैलेखका ६ सय जना किसानलाई ब्यवशायिक बनाउने तयारीमा जुटेको छ । दैलेख जिल्लाका नारायण नगरपालिका र दुल्लु नगरपालिकाका किसानहरुलाई टमाटर र खुर्सानी खतीका ब्यवशायिक किसान बनाउन लागेको हो ।
jwala gadhiमध्यपश्चिम, सुदुर पश्चिम र कर्णाली अंचलकै सबैभन्दा ठूलो स्वचालित प्लान्ट स्थापना गरि टमेटो क्याचप र चिल्ली सस उत्पादन गर्नका लागि किसानहरुलाई पहिलो चरणमा ब्यवशायिक बनाउँदैछ । दुई जना जेटिए, एक जना ब्यवस्थापक परिचालन गरी किसानहरुलाई डेमोको रुपमा हाललाई प्लाष्टिक घर, वीउ, मल र प्राविधिक ज्ञान दिन लागेको हो ।
सोही क्रममा सोमबार दैलेख सदरमूकमा संकलनकर्ताहरु र कर्मचारीहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम दिईएको छ । उक्त दुई दिने तालिममा विनरक इन्टरनेशनलका वरिष्ठ ब्यवशायिक कृषि विकास ब्यवस्थापक राजेन्द्र साहु, कृषि विशेषज्ञ देवकान्त चौधरीले प्रशिक्षण दिनुभएको छ । सो तालिममा नर्सरी देखी उत्पादन प्रकृयासम्मका चरणहरु र उत्पादन उपरान्तका क्रियाकलाप तथा नेतृत्वले गर्नु पर्ने कर्तब्य सम्बन्धी ज्ञान दिईएको छ ।
दैलेख जिल्लामा यो उद्योग जिल्लाको पहिलो ठूलो उद्योग हो । यो उद्योग स्थापना भए पछि दैलेखका १ हजारभन्दा बढि किसानहरुले उत्पादन गरेको कृषि उपज ५ वर्षका लागि लिखिति रुपमा करार सम्झौता गरी खरिद गर्ने जानकारी संचालक कविराज खत्रीले दिनुभएको छ । उहाँका अनुसार मासिक २० टनभन्दा माथि किसानले उत्पादन गरेको टमाटर र खुर्सानी प्रसोधन गर्ने लक्ष्य लिएको छ । यो उद्योग जिल्लाको लागि मात्र नभई मध्यपश्चिम कै ठूलो उद्योग भएकाले सबै क्षेत्र र तहबाट सहयोगको अपेक्षा समित प्रोपराईटरले गरेको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया