पर्यटकीयस्थल महावु पर्यटकको पखाईमा

पर्यटकीयस्थल महावु पर्यटकको पखाईमा

भक्तबहादुर शाही
दैलेख,भदौं २ गते ।हिन्दुहरुको महान पर्व जनैपुर्णिमाका अवसरमा लाग्ने महावु(गाथ) मेला बुृधवारदेखी शुरु भई विहिवार सकिने गर्छ । मध्यपश्चिममाञ्चल विकास क्षेत्रको सबै भन्दा उच्च स्थानमा महाबु मेला लाग्ने भएकोले यो ठाउँ उत्तिकै रमरणिय सौन्र्दय छ । समुन्दी सतहदेखी चार हजार एक सय ६८ किलोमिटर उचाई महाबु मेला लाग्ने गर्दछ ।

महाबु लेकको रहेको ताल ।जुन ४ हजार १६८ मिटर अग्लो छ । समुन्द्री सतह देखी ।
महाबु लेकको रहेको ताल ।जुन ४ हजार १६८ मिटर अग्लो छ । समुन्द्री सतह देखी ।
महाबु गाथ मेलामा दर्शन गर्दै भक्तजन
महाबु गाथ मेलामा दर्शन गर्दै भक्तजन

बर्षातमा लाग्ने भएकाले यहाँ विहानीपख सुर्योदय सँगै घामका किरण शरिर तातिएपनि छिनछिनको हुस्सु र कुहिरोले महाबु मेला लाग्ने पाटनलाई ढाक्ने हुनाले जाडोको पनि उत्तिकै महशुस हुन्छ । छिन छिनमै घाम र कुहिरोको लुकामारीले गर्दा महाबुमेलामा आफ्नो मनोकाँक्षा लिएर गएका हजारौं भक्तजनहरु आनन्द लिने गर्छन । अधिकाँश भक्तजनहरु आफ्नो मोबाइलमा वा क्यामरा कुहिरो र घामको लुकामारी कैद गर्ने गरेका छन् । कुहिरो र हुस्सुलाई घामले हटाएपछि महाबु पाटनबाट बझाङ्ग जिल्लाका एपी र सैपाल हिमाल र तराईको बर्दिया टिकापुर फाँटको दृश्यलाई हेर्दा शिव र पार्वतीले तपश्या गरेको यही पाटन नै हो भनेर भक्तजनले लख काट्ने गर्दछन् ।
पाटनका बीच बीचमा स–साना ताल,नजिकै केही गाई गोठ,वरपर चौरमा भेडाबख्रा चर्नाले महाबुको महिमा बेग्लै देखिन्छ । कसैले शान्तीभुमीको संज्ञा दिन्छन् । भने कसैले शिव र पार्वतीले तपश्या गरेको हुन सक्ने अडकल गर्दछन् । कतैतिर बुकीफुलेर सेताम्य छ । अन्य रंगीविरंगीले फुलले विवाहको मण्डलझै सिगाँरिएको देख्दा भक्तजनको आँखा फुलको यौवनबाट यताउता लिन कसैको फुर्सदै हुदैन । हावाको सिरउटो सँग फुल हल्लिरहेको हेर्न उत्तिकै आनन्द आउँछ पाटनमा । अर्कोतिर हरियो घाँसपात र भेडाबाख्रा,गाई गोरुले चरन चर्दे गरेको दृश्यले पाटन सिंहासनमा बसेको शालिन शासकको जस्तो पनि देखिन्छ । १९ वटा त्रिपाल ४५ किलोमिटर हिडन आधा घण्टा लिस्ने उकालो भवानी र बालुवाटार सिमाना
चारैतिर सम्म फाँट विच विचमा स साना ताल,वरिपरि हरियो घनाजंगलले गर्दा झनै शालिन स्वभावको देखिन्छ महाबु । कुहिरो र बादलले तराई फाँट,पहाडका हिमश्रङ्गखलाको दृश्यले देख्न पाईने हुँदा धरोहराको संज्ञा त कसैले ज्ञान आर्जन गर्न सक्ने वनस्थली हो भनेर आँकलन गर्दछ । तर मध्यपश्चिमाञ्चल विकास क्षेत्रका कर्णाली र दैलेखका जनता भने सुनको शिरानीमा सुतेर नुनको खोजी गर्दै हिड्ने समाजसेवामा लागेका जिल्ला र केन्द्रका स्तरका नेतालाई कम्ती गिज्याएको छैन् महाबु गाथले ।भनिरहेको छ,म प्रकृतिले दिएको उपहारलाई समाजसेवी, विवेकपुर्णशिलता मानिसले किन चिन्न सकेन् । अधिकाँश नेता र बुद्धिजीवी,कर्मचारीको घरको एक कोठमा भारतीय र नेपाली नायक,नायिकको तस्वीरले कोठा सजिएका छन् । म प्रकृतिको उपहारलाई किन हेला गरेको यस्तै यस्तै प्रश्न उत्तर मागीरहेको छ महाबु गाथ र पाटनले । जिल्ला सदरमुकाम दैलेख देखी ४५ किलोमिटर सवारी साधनको यात्रा र आधा घण्टाजति पैदल यात्रा सकिए मात्र भेटिन्छ महाबु गाथ

सफा मौसम पश्चात महाबुगाथको मेलामा गाढिएको त्रिशुल सँगै देखिएको तराईका फाँट केही पहाडका डाँडाकाँडाहरु
सफा मौसम पश्चात महाबुगाथको मेलामा गाढिएको त्रिशुल सँगै देखिएको तराईका फाँट केही पहाडका डाँडाकाँडाहरु

 

 

। भवानी र बालुवाटार गाविसको सिमानामा रहेको लिस्ने उकालो सबैभन्दा डर लाग्दो छ । त्यसभेगतिर सधैजसो आवतजावत गर्ने व्याक्तिले सजिलै सँग लिस्ने उकालो पार गरेपनि तराई र अन्य ठाउबाट आएका भक्तजनलाई हम्मे हम्मे पर्दछ । पहाडको चट्टान सिधा ठाडो उकालो लिस्नो (भ¥याङ) जस्तै भएकोले त्यसको नाम लिस्ने नामाकरण गरिएको बुढापाकाको भनाई रहेकोछ । आर्थिक वर्ष ०७२।०७३ मा जिल्लाविकास समितिले महाबुगाथमा मनोकाँक्षा पुरा गर्न आएकाले टाढा टाढाका पाहुनालाई १९ वटा त्रिपाल दिएर बसोबासको व्यवस्था गरेको थियो । जिल्लामा पर्यटन प्रवर्धन गर्नका जिल्लाका पर्यटकीय स्थललाई चिनाउन तीनवटा महोत्सव गरेपनि महावुगाथ मेलाको प्रवर्धन गर्न कुनै निकायले चासो दिएको छैन । अधिकाँश महोत्सव पैसा कमाउन धन्दा मात्र भएको जिल्लाबासीको गुनासो रहेको छ । जिल्लामा गठित जिल्ला पर्यटकीय पुर्वाधार समितिपनि यो मेलाको बारे बेखवर छ । सार्वजनिक कार्यक्रममा दैलेखका क्षेत्र १ र २ का सासँद महाबुगाथको जति गाना गाएपनि साँसदको पैसा विनियोजन नगरि कार्यकर्ता मोटाउने काम गरे । २०७१ साल साउन १९ गतेका दिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएको बेला संसद भवनमा सम्बोधनका बेला नेपालमा साहसकि पर्यटनको ठुलो सम्भावना छ,हिमाली जडीबुटीको घर भन्दा आनन्दले थप्पडी मार्ने हाम्रा यी नेतालाई महाबु गाथले एकपटक सोच्नुपर्ने बाध्यता बनाएको छ ।
दैलेख र कालिकोट जिल्लाको सिमानामा रहेको पवित्र महावु लेखमा लाग्ने मेलामा हजारौ धर्मावलम्वीहरले पुजा अर्चना गरि मनाउने गर्दछन् । यो मेला जनैपुर्णिमाको अघिल्लो दिन भगवान शिवको पुजाआजा गरि जनै पूर्णीमाको दिन श्रदालुहरु घर फर्किने गर्दछन । दुइ दिनसम्म लाग्ने मेलामा ४० हजार भन्दा बढी भक्तजनहरुले पुजापाठ गर्ने भेरीकर्णाली पर्यटन समितिले दावी गरेको छ । मेलामा सर्बसाधारणको आर्कषण बढदै गएपछि मेलालाई बयवस्थीत बनाउन जिल्ला विकास समिती लगाएत दैलेख जिल्ला स्थित कार्यालयले सडक मर्मत देखि भक्तजनको बासको ब्यवस्था मिलाएको जानकारी दिएका छन् । जिल्लाको धार्मीक पर्यटन प्रर्वद्धन गर्न धार्मीक क्षेत्रको मर्मत गर्नु पहिलो आवश्यकता भएको जिल्लाबासीले बताएका छन् ।

शिवलिङ्गको दर्शनपछि नैबद्य र प्रसाद खाँदा भक्तजनहरु ।
शिवलिङ्गको दर्शनपछि नैबद्य र प्रसाद खाँदा भक्तजनहरु ।

जोखिमपूर्ण बाटोको यात्रा पछि मेला लाग्ने गन्तब्यमा पुगिन्छ । मेलामा दैलेख, जाजरकोट, कालिकोट, जुम्ला, सुर्खेत, बाँके, अछाम जस्ता जिल्लाबाट भक्तजनहरु पुजाका लागि आउने गर्दछन् । महाबुमा पुगेर मागेको बरदान पुरा हुने किम्वदन्ति रहेको छ । सन्तान नहुने परिवारहरुले सन्तान मागेमा पुरा हुने मेलामा आएका वुढापाकाहरुको भनाई छ ।यहाँ ढुंगाबाटै फुटेर शिवलिंग बनेको देख्न सकिन्छ । निकै अग्लो भू–भागमा रहेको रमणीय पाटन क्षेत्रमा एकै छिनमा पानी पर्ने अनि पुन बादलले ढाक्ने हुँदा पनि पर्यटक आकर्षित हुने गरेका छन् । तर महाबुको बारे प्रचार प्रसार हुन नसक्दा अहिलेसम्म आन्तरिक पर्यटक बाहेक बाह्रय पर्यटककले पाइला टेकेका छैनन । चिसो र लगातार वर्षा हुने भू–भाग भएकाले भक्तजनले कष्टका साथ रात गुजार्नु परेको भक्तजनले बताएका छन् । विगतका वर्षहरु जस्तै यो वर्ष पनि जिविस दैलेखले भत्तालुहरुका लागि त्रिपाल, सडक मर्मतका लागि डोजर प्रयोग गरिएको स्थानीय विकास अधिकारी हरि प्याकुरेलले जानकारी दिनुभयो । दैलेखदेखि महाबुसम्मको सडकको स्तर उन्नती हुन सके बाह्रै महिना धार्मिक पर्यटकहरु यस क्षत्रमा आउने स्थानीय विकास अधिकारी प्याकुरेल दबी छ । गत वर्ष पहिलोपटक महाबु पुगेर फकिएका भक्तजनहरु निकै सुन्दर स्थान भएकाले धार्मिक पर्यटक भित्राउने सकिने आशा भने यो बर्ष निराशा परिणत भएको छ ।

दैलेख भुर्तीका ब्राह्मणका छोरा जलु आचार्य बोल्न सक्दैन थिए । उनी विसं ११३७ मा महाँबुको पाटनमा भैँसी चराउन गएका थिए । गोठालो गएका वेला उनले ढुंगामा सुतेको अवस्थामा महादेवको दर्शन पाए । सो ढुंगामा दिनहुँ दूध चढाउनुपर्ने र कसैलाई यो कुरा नभुन्ने सर्त भएबमोजिम उनलाई बोल्न र वेद पढ्न समेत महादेवले सक्षम बनाइदिए । पछि दिनदिनै दूध चढाउँदा यो कुरा हल्ला भएर अरूले थाहा पाएका थिए । अहिले पनि दैलेखका आचार्य ब्राह्मणले दूधको धारा चढाउने र कालिकोटका काफ्ले ब्राह्मणले होम गर्ने परम्परा देखी निरन्तर चलिरहेको छ ।

 

प्रतिक्रिया