दैलेखका दुइ पत्रकार पुरस्कृत

दैलेखका दुइ पत्रकार पुरस्कृत

भाद्र ११, दैलेख । दैलेखमा खोजमूलक पत्रकारीता गरेको भन्दै प्रस्तावित बाटु स्मृति प्रतिष्ठानले दुइ जना पत्रकारहरुलाई जनहि रु १०००१ तथा प्रमाण पत्रका साथ पुरस्कृत गरेको छ । शनिबार दैलेख स्थित जिविस हलमा आयोजित सोसेक नेपालको १९ औं वार्षिक उत्सव तथा साधारण सभा समारोहका दौरान सो पुरस्कार वितरण गरिएको हो ।

गुल्मपतिबाट वाटु थापा स्मृति पत्रकारिता पुरस्कार ग्रहण गर्दै न्यूजकर्मी शेरबहादुर थापा
गुल्मपतिबाट वाटु थापा स्मृति पत्रकारिता पुरस्कार ग्रहण गर्दै न्यूजकर्मी शेरबहादुर थापा
पुरस्कार संस्थापक हीरासिंह थापाबाट वाटु थापा स्मृति पत्रकारिता पुरस्कार ग्रहण गर्दै न्यूजकर्मी अमर सुनार
पुरस्कार संस्थापक हीरासिंह थापाबाट वाटु थापा स्मृति पत्रकारिता पुरस्कार ग्रहण गर्दै न्यूजकर्मी अमर सुनार

महिला, दलित, पिछडिएका वर्ग, बालबालीकाका क्षेत्रमा सम्बन्धीत रही खोजमूलक पत्रकारीता गरेको भन्दै प्रस्तावित सो प्रतिष्ठानले उक्त पुरस्कार प्रदान गरेको हो । यसरी पुरस्कार पाउनेहरुमा भारतको मुम्बइबाट दैनिक रुपमा प्रकाशित हुदै आएको नेपाल न्यूज दैनिकका पत्रकार शेर बहादुर थापा (दैनिक नेपाल डट.कम.का सम्वाददाता ) र दैलेखमा विगत लामो समयदेखि पत्रकारीता गर्दै आएका उज्यालो नाइन्टी नेटवर्कका अमर सुनार रहेका छन । न्यूजकर्मी थापालाई शमशेर गणका गुल्मपति सुर्यकान्त घिमिरेले तथा सुनारलाई सोसेकका संस्थापक अध्यक्ष एवम् पुरस्कारका संस्थापक हीरासिंह थापाले पुरस्कृत गरेका थिए ।
पुरस्कार वितरण पश्चात हामिसँग संक्षिप्त कुरा गर्दै प्रतिष्ठानका अध्यक्ष हिरासिंह थापाले खोजमूलक क्षेत्रमा क्रियाशिल पत्रकारहरुलाई सम्मान गर्न पाउनु आफ्नो लागि गौरवको कुरा भएको बताए । उता पुरस्कार पाइसकेपश्चात उज्यालो नेटवर्कमा कार्यरत अमर सुनारले यो पुरस्कारले आफूहरुलाई थप चुनौती दिएको भन्दै आगामी दिनमा पछि परेका वर्गहरुका बारेमा समाचारहरु लेख्न आफूलाई थप प्रोत्साहन मिलेको बताए । २०६२ साल देखि निरन्तर पत्रकारीता पुरस्कार हस्तान्तरण गर्दै आएको प्रस्तावित वाटु स्मृति प्रतिष्ठानले दैलेख जिल्ला स्तरमा एस.एल.सी. परिक्षामा सर्वोकृष्ट नम्बर ल्याउने छात्रा, दलित छात्रा र रावतकोट दैलेख स्थित पञ्चदेवल माविका छात्रा सर्वोत्कृष्ट विधार्थीहरुलाई समेत पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया