दैलेखमा मानव वेच विखन तथा ओसार पसार विरुद्धको राष्ट्रिय दिवश मनाउने

दैलेखमा मानव वेच विखन तथा ओसार पसार विरुद्धको राष्ट्रिय दिवश मनाउने

एच.एस.थापा
दैलेख– मानव वेच विखन तथा ओसार पसार विरुद्धको राष्ट्रिय दिवश मनाउने भएकोछ । मिति २०७३ भाद्र १३ गते दैलेख जिल्लामा मानव वेचविखन तथा ओसार पसार नियन्त्रण जिल्ला समितिको प्रमुख जिल्ला अधिकारी एवम् समितिका अध्यक्ष लुक वहादुर क्षेत्रीको अध्यक्षतामा वसेको समितिको वैठकले मानव वेचविखन तथा ओसार पसार विरुद्धको १० औं राष्ट्रिय दिवश मनाउन निर्णय गरेको हो ।

मानव वेचविखन तथा ओसार पसार विरुद्धको १० औं राष्ट्रिय दिवश मनाउन निर्णय सुनाउदै समितिका सदस्य
मानव वेचविखन तथा ओसार पसार विरुद्धको १० औं राष्ट्रिय दिवश मनाउन निर्णय सुनाउदै समितिका सदस्य
जिल्लामा मानव वेचविखन तथा ओसार पसार नियन्त्रण जिल्ला समितिको प्रमुख जिल्ला अधिकारी एवम् समितिका अध्यक्ष लुक वहादुर क्षेत्रीको अध्यक्षतामा वसेको समितिको वैठक
जिल्लामा मानव वेचविखन तथा ओसार पसार नियन्त्रण जिल्ला समितिको प्रमुख जिल्ला अधिकारी एवम् समितिका अध्यक्ष लुक वहादुर क्षेत्रीको अध्यक्षतामा वसेको समितिको वैठक
मानव वेच विखन तथा ओसार पसार विरुद्धको राष्ट्रिय दिवश मनाउने समितिको वैठकमा सहभागिहरु
मानव वेच विखन तथा ओसार पसार विरुद्धको राष्ट्रिय दिवश मनाउने समितिको वैठकमा सहभागिहरु

समितिको वैठकवाट मिति २०७३ भाद्र १४ देखि १६ सम्म सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको सहयोगमा महिला संजालले वाँसी, वडाखोला, विन्दवासीनी र भैरिकालिकाथुम गाविसमा आयोजना गर्ने तिज गित प्रतियोगितमा मानव वेचविखन तथा ओसार पसार नियन्त्रण सम्वन्धि सचेतनामुलक कार्यक्रम संचालन गर्ने निर्णय भएको समितिका सदस्य दुर्गा गिरीले वताईन ।

जिल्ला शिक्षा कार्यालयको अनुवाईमा जिल्लाका माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० का विधार्थीहरुलाई मानव वेचविखन तथा ओसार पसार विरुद्ध सचेतना कार्यक्रम संचालन गर्ने, महिला तथा वालवालिका कार्यालय र सोसेकको सहभागितामा मिति २०७३ भाद्र १७ गते सरस्वति मावि तर्ताङका वालवालिकालाई लक्षित गरि सचेतनामुलक कार्यक्रम संचालन गर्ने, मिति २०७३ भाद्र २० गते जिल्ला स्तरमा मानव वेचविखन तथा ओसार पसार विरुद्धको १० औं राष्ट्रिय दिवश मनाउन र्याली र अन्तरक्रिया कार्यक्रम संचालन गर्ने र मानव वेचविखन तथा ओसार पसार नियन्त्रण सम्वन्धि स्थानीय स्तरमा गठन भएका नौमुले, राकम कर्णाली, तल्लो डुंगेस्वर र गुरासेका समितिलाई सचेतना कार्यक्रम संचालन गर्न अनुरोध गर्ने निर्णय भएको कुरा सो समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी लुक वहादुर क्षेत्रीले वताउनु भयो । जिल्लामा मानव वेचविखन तथा ओसार पसार नियन्त्रण जिल्ला समिति वैठकमा समितिका सदस्यहरु लगायत सरोकारवाला निकायको सहभागितमा मानव वेचविखन तथा ओसार पसार विरुद्धको १० औं राष्ट्रिय दिवश मनाउन वैठक वसेको थियो ।

प्रतिक्रिया