सवैको साथ आवश्यक : डिएसपी रजौरे

सवैको साथ आवश्यक : डिएसपी रजौरे

दैलेख, भदौ १४ । जिल्ला प्रहरी कार्यालय दैलेखमा हालै सरुवा भई आएका डिएसपी केदार रजौरेले जिल्लामा वसेर काम गर्दा सवै निकायहरुको साथ र सहयोग आवश्यक रहेको बताएका छन् ।

मंगलवार जिल्ला प्रहरी कार्यालय दैलेखमा पत्रकारहरुसंको भेटघाटका क्रममा डिएसपी रजौरेले जिल्लाका सम्पूर्ण गतिविधिमा सवैको सहयोग आवश्यक रहेको भन्दै प्रहरीवाट गरिने हरेका काममा सवैको सहयोग चाहिने बताएका हुन् ।

 जिल्लामा हुने अपरापिधक गतिविधि देखि लिएर बढ्दो लागुऔषध नियन्त्रमा जिल्लावासी सवैको सहयोग आवश्यक रहेको डिएसपी रजौरेले बताए । पछिल्लो समय जिल्लामा भएका चोरी तथा अपराधिक घटनालाई दैलेख प्रहरीले विशेष निगरानीमा राखी नियन्त्रण गर्न जरुरी रहेको भन्दै यसमा पत्रकारले सहयोग पु¥याउने नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष नमनकुमार शाहीले बताए । प्रेस युनियन नेपाल दैलेख शाखाका सभापति भुपेन्द्र शाहीले पत्रकार र नेपाल प्रहरीको सम्बधलाई आगामि दिनमा झन बलियो बनाएर लैजानुपर्ने सुझाव दिएका थिए ।
पछिल्लो समय नेपाल प्रहरीसंग जनता नजिक भएकोल काम गर्न प्रहरीलाई सहयोग पुग्दै आएको छ । जनताको सुख दुख सवैमा नेपाल प्रहरीले साथ दिई मुस्कानसहितको सेवादेखि प्रहरी मेरो साथीसम्मका कार्यक्रमले जनता र प्रहरी विचको सम्बन्ध झन् बलियो हुँदै गएको पाइन्छ ।

प्रतिक्रिया