प्रविधिसँगअनभिज्ञ कर्मचारीलाई भन्सारबाट अन्यत्र सरुवा गर्न अर्थमन्त्री महराको निर्देशन

प्रविधिसँगअनभिज्ञ कर्मचारीलाई भन्सारबाट अन्यत्र सरुवा गर्न अर्थमन्त्री महराको निर्देशन

Krishna_Bdr_Mahara

भदौ १४, काठमाडौं – उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले कम्प्युटर र प्रविधिसँग अनभिज्ञ कर्मचारीलाई भन्सार विभागबाट अन्यत्र सरुवा गर्न निर्देशन दिएका छन् ।

मंगलबार भन्सार विभागको निरीक्षण पछि महराले कार्यक्षमता बढाउन भन्सार विभागका कर्मचारीहरुलाई निर्देशन दिएका हुन ।

अहिलेको काम गराइले राजस्वको लक्ष्य पूरा नहुने भन्दै उनले भन्सार प्रशासनमा सुधारका लागि ‘ब्रेक थ्रु’ आवश्यक रहेको बताए । उनले भन्सारका कर्मचारी घुस्याहा हुन्छन् भन्ने प्रचार रहेको भन्दै त्यसलाई चिर्नका लागि पारदर्शिता प्रबर्द्धन गर्नुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री महराले कम्प्युटर र प्रविधिसँग अनभिज्ञ कर्मचारीलाई भन्सार विभाग र मातहतका कार्यालयबाट अन्यत्रै सरुवा गर्ने व्यवस्था मिलाउन विभागका महानिर्देशक शिशिर ढुंगानालाई निर्देशन दिएका छन् ।

खवर टाइममा समचार छ ।

प्रतिक्रिया