अस्थायी, लियन, परियोजना र सट्टा शिक्षकबिच प्रतियोगिताको माग

अस्थायी, लियन, परियोजना र सट्टा शिक्षकबिच प्रतियोगिताको माग

काठमाडौं – अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले कम्तिमा पनि ६ वर्ष अस्थायी सेवा गरेका शिक्षक, लियन, परियोजना र सट्टा शिक्षकबिच  प्रतियोगिता गरी स्थायी गरिनुपर्ने माग गरेको छ । समितिका अध्यक्ष निरेन्द्र कुँवरले यो प्रतियोगिताबाट स्थायी हुन नसकेका शिक्षकहरुलाई २०६१ सालको प्रतिवेदन अनुसार उपदान र औषधि उपचार खर्च बराबरको रकम दिन माग गरे ।

अस्थायी शिक्षकको समस्या र समाधानको उपायहरुबारे रिपोटर्स क्लबमा मंगलबार आयोजित  कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता एवम् सांसद रामकृष्ण यादवले अस्थायी शिक्षकका मागहरूको बारेमा पार्टि भित्र गम्भिर छलफल गर्ने बताए । राज्यमा अनेक परिवर्तन भएपनि अस्थायी शिक्षकको स्थिति जस्ताको त्यस्तै हुनु राम्रो नभएको बताउँदै उनले यसलाई सुधार गर्न पार्टीले पहल गर्ने बताए ।

नेपाल राष्ट्रिय शिक्षक संघका अध्यक्ष बाबुराम थापाले सरकारसँग गरेका सम्झौता केवल हस्ताक्षर मात्र नभएर व्यबहारमा कार्यन्वयन गर्न माग गरे ।

अखिल नेपाल शिक्षक संघका अध्यक्ष लाल बहादुर विसिले अस्थायी शिक्षकका बारेमा आफू र आफ्नो संगठन गम्भिर रहको बताउदै उनीहरुलाई आन्तरिक प्रतिष्पर्धाको माध्यमबाट स्थायी गर्नुपर्ने बताए ।

साभार ः एडुखवर

प्रतिक्रिया