विद्युत कटौतीको विरोधमा नेपलागञ्जमा प्रदर्शन

विद्युत कटौतीको विरोधमा नेपलागञ्जमा प्रदर्शन

नेपालगञ्ज, भदौ १४ । चर्को विद्युत कटौतिको विरोधमा नेपालगञ्जको धम्बोझीमा चक्काजाम गरिएको छ । सर्वसाधारण नागरिकले नियमित विद्युत माग्दै धम्बोझी चोकमा चक्काजाम गरेका हुन् । त्यसअघि नेपालगञ्जमा प्रदर्शन गर्दै नागरिकहरु विद्युत कार्यालय घेराऊ गर्न पुगेका थिए । नेपालगञ्जबासी स्वःस्फूर्त अनियमित विद्युतका विरुद्ध सडकमा उत्रिएका हुन् ।विभिन्न नारा लेखिएका ब्यानरसहित बजार परिक्रमा गर्दै नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्र पुगेका सर्वसाधारणले केहीबेर विद्युत कार्यालय घेराऊ गरेका थिए । ‘पीडित जनता, लाचार सरकार, अधुरो विद्युत’, ‘विद्युत प्राधिकरण मुर्दाबाद, जलस्रोत के का लागि, ओई बत्ती खोई’ लेखिएका व्यानरसहित नेपालगञ्जबासी सडकमा उत्रिएका हुन् ।

उता विद्युत कार्यालयले आज साँझदेखि नेपालगञ्जको विद्युत आपूर्ति केही सहज हुने जनाएको छ । भारतको नानपारामा केही दिनअघि नयाँ ट्रान्सफर्मर राखिएकोमा त्यसले राम्रोसंग काम नगरेपछि फेरि अर्को ट्रान्सफर्मर राख्ने क्रममा केही दिनयता अनियमित भएको विद्युत आज साँझदेखि नियमित हुने नेपाल विद%8

प्रतिक्रिया