विद्यालय फर्काउन बालबालिकालाई पोशाक वितरण

विद्यालय फर्काउन बालबालिकालाई पोशाक वितरण

दैलेख, भदौ १४ । विद्यालय छाडेका बालबालिकालाई फेरि विद्यालयमा फर्काउने उद्देश्यले बाँसीका विभिन्न ५ जना बालबालिकालाई विद्यालय पोशाक वितरण गरिएको छ । गाउ वाल संरक्षरण तथा सम्वद्र्धन समिति (भिसिपिसी) र सुन्दर बाल सञ्जालको आोजनामा मंगलबार बाँसीमा एक कार्य क्रम आयोजना गरि पोशाक वितरण गरिएको हो ।
Schorship bansi Schorship bansi 2 Schorship bansi 3अतिविपन्न भएका कारण स्कुल छाडेका वालवालिकालाई विद्यालय पोसाक वितरण गरिएको बाल अधिकार अभियान कर्ता मीरा स्वर्णकारले जानकारी दिइन् । उनले पोशाक वितरणपछि ती बालबालिका विद्यालयमा फर्कने विश्वास व्यक्त गरिन् । सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको सहजीकरण तथा गाविसको लक्ष्यीत वर्ग कार्यक्रमको बजेटबाट विद्यालय पोशाक वितरण गरिएको हो ।
पोशाक वितरण कार्यक्रमका प्रमुख अतिथि तथा गाविस सचिब प्रेमबहादुर विष्टले लक्ष्यीत वर्ग कार्यक्रमको बजेटले वितरण गरिएको पोशाकले बालबालिकालाई फेरि विद्यालय जान प्रेरणा दिने बताए । उनले सोसेकको सहजीकरणले गाविसको लक्ष्यीत वर्ग कार्यक्रमको बजेट सही ठाउमा खर्च गर्न मद्दत पुगेको बताए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले गाविसको सानो रकमबाट प्रेरणादायी काम भएको टिप्पणी गरे । उनीहरुले यसअघि लक्ष्यीत वर्ग कार्यक्रमको बजेटबाट यस्तो काम हुन नसकेकोसमेत बताए । कार्यक्रममा नेपाली काँग्रेस बाँसीका सभापति क्षेत्रबहादुर बुढा, नेकपा एमालेका अध्यक्ष हंसबहादुर बडुुवाल, माओवादी केन्द्रका अध्यक्ष भद्रबहादुर दशौंदी, राप्रपा नेपालका अध्यक्ष सुजन रावत, मालिका उमाविका निमित्त प्रअ भरत विष्ट, ज्वाला युवा सञ्जालका अध्यक्ष सुधेन्द्र पोखरेल र सुन्दर बाल सञ्जालका रविन्द्र बुढालगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया