विद्यालयमा खानेपानी,सरसफाई तथा स्वच्छता समन्वय समिति

विद्यालयमा खानेपानी,सरसफाई तथा स्वच्छता समन्वय समिति

दैलेख, भदौ १६ । दैलेखका कट्टी, जगनाथ, तोली र बडाभैरबका विभिन्न १५ ओटा प्राथमिक बिद्यालयहरुमा बिद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरिएको छ । विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग तथा एकिकृत बिकास समाज नेपालको प्राबिधिक सहयोगमा बिद्यालयहरुमा बिद्यालय खानेपानी,सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरिएको हो ।
बद्यालय खानेपानी,सरसफाई तथा स्वच्छता समन्वय समिति गठन सँगै बाल क्लबहरु पनि गठन गरिएको छ । बिद्यालय खानेपानी,सरसफाई तथा स्वच्छता समन्वय समिति र बाल क्लब गठन पश्चात समितिका सदस्यहरु र बिद्यार्थीहरुलाई ब्यक्तिगत, घरायसी र वातावरणीय सरसफाई, पौष्टिक आहारको महत्व र आबश्यकता, फोहोरको उचित ब्यवस्थापन, दिसा मुखमा पुग्न सक्ने माध्यमहरु, साबुन पानीले मिचिमिचि हात धुनु पर्ने जोखिमपुर्ण अबस्थाहरु छ चरण पुरा गरि हात धुने तरिकाको बारेमा कट्टिका ५ ,जगनाथका ३, तोलीका ४ र बडाभैरबका ३ ओटा गरि जम्मा १५ ओटा प्राथमिक बिद्यालयहरुमा जानाकारी गराईएको सामाजिक परिचालक सपना शाहीले जानकारी दिइन् ।
जिल्लाका १६७ प्राथमिक बिद्यालयहरुमा सञ्चालित बिद्यालय सरसफाई कार्यक्रम अन्तर्गत कट्टि, जगनाथ, तोली र बडाभैरबमा गरि १५ ओटा प्राथामिक बिद्यालयहरुमा बिद्यालय खानेपानी,सरसफाई तथा स्वच्छता समन्वय समिति र बाल क्लब गठन गर्दा शिक्षक, बिद्यार्थी र अभिभावकहरुवाट सकारात्मक सहयोग प्राप्त भएको र आगामी दिनमा कार्यक्रमलाई अझ प्रभाबकारी रुपमा सफल पार्न लागी परिरहने भनाई शिक्षक,बिद्यार्थी र अभिभावकहरुको रहेको बिद्यालय सरसफाई कार्यक्रमका जिल्ला कार्यक्रम अधिकृत रमेश खनालले जानकारी दिए ।

प्रतिक्रिया