विवादपछि तरुण दल सुर्खेतको अधिवेशन स्थगित

विवादपछि तरुण दल सुर्खेतको अधिवेशन स्थगित

१७ भदौं, सुर्खेत । तरुण दल सुर्खेतको जिल्ला अधिवेशनमा नेताहरुका आ– आफ्न उमेद्धार भैदानमा उत्रिए पछि स्थगीत भएको छ । नेपाली काग्रेसका नेता पूर्णबहादुर खड्का, हृदयराम थानी र तप्तबहादुर विष्टका निकटका उम्मेद्धारहरु अध्यक्षको प्रतिष्पर्धामा उत्रिए पछि अधिवेशन स्थगीत भएको जनाइएको छ । जिल्ला नेतृत्व र केन्द्रीय महाधिवेशन प्रतिनीधि छनौंटका लागि भएको अधिवेशन सहमतिका लागि भन्दै स्थगित गरिएको जनएको छ । तरुणको जिल्ला अधिवेशनमा ३ सांसदका तीन उम्मेदवार खडा भएका छन् ।
नेपाली काग्रेशका नेता पूर्णबहादुर खड्काको समर्थनमा ललित भट्टराई, केन्द्रिय सदस्य तथा सहकारी मन्त्री हृदयराम थानीको समर्थनमा नवल गिरी, पूर्व पार्टी सभापती तथा क्षेत्र नं. ३ का सांसद तप्तबहादुर विष्टको समर्थनमा हरि विष्ट जिल्ला अध्यक्षको उम्मेदवार बनेका छन् । तीन जना नेताका ३ जना अध्यक्षका उम्मेदवार खडा भएपछि निर्वाचन समितिले सहमतिका लागि केही भन्दै अधिवेशन स्थगित गरेको जनाइएको छ ।
नेपाली काँग्रेस पाटी सचिव टोपबहादुर रावत, निरञ्जन केसी, बालदिप कँडेल, बेदु गिरी, नारायण कोइराला, विवेक आचार्य रहेको ७ सदस्यीय समिति गठन गरिएको छ । विहिबार नै निर्वाचनका सम्पूर्ण प्रक्रिया सुरु गरी निर्वाचन समेत सम्पन्न गर्ने कार्यतालिका रहेपनि नेता अनुसारका उम्मेदवार भएपछि स्थगित गरिएको स्रोतले जानकारी दिएको छ । जिल्ला अधिवेशनमा सहभागि हुन करिव ३ सय प्रतिनीधि रहेका आएका छन् ।

प्रतिक्रिया