ताप्लेजुङमा पहिरो, तीनको मृत्यु, दुई वेपत्ता

ताप्लेजुङमा पहिरो, तीनको मृत्यु, दुई वेपत्ता

१८ भदौं, ताप्लेजुङ । पहिरोमा पुरिएर ताप्लेजुङमा एकै परिवारका तीन जनाको मृत्यु । एक जना वेपत्ता भएका छन् भने एक जना घाइते छन् । पहिरोले दुई दर्जन बढि घरमा क्षति पुर्याएको छ ।

पहिरोले घर पुर्दा ताप्लेजुङ नगरपालिका दुईका टिका मगरकी श्रीमति विमला मगर छोराहरु मनोज र ललित मगरको मृत्यु भएको छ । घर माथिबाट झरेको पहिरोले घर पुर्दा उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ । उद्धारमा खटिएको सुरक्षा निकायले उनीहरुको शव निकालेको जनाएको छ ।

पहिरोले घर पुर्दा ताप्लेजुङ नगरपालीका ८ कि माइली  लिम्बुनी बेपत्ता भएकी छिन् भने कान्छि लिम्बु घाइते छिन् । घाइतलाई बोकेर जिल्ला अस्पताल ल्याईदै गरेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए ।

पहिरोले ताप्लेजुङ नगरपालीका ८ दोखुमा सबैभन्दा बडि घरमा क्षति पुर्याएको छ । सो स्थानमा मात्र २० भन्दा बढि घरमा पहिरोले क्षति पुर्याएको स्थानिय रुपनारायण भट्टराईले बताए । यस्तै ताप्लेजुङ नगरपालीका २ केनिममा १२ भन्दा बढि सदरमुकाम नजिकै कफिहाउस मा १० र हेलिप्याड नजिकै तीन घरमा क्षति पुगको प्रारम्भिक तथ्याङ्क आएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।


घटना स्थलमा अहिले प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी पुगेकाले तथ्याङ्क संकलन गर्ने काम भइरहेको उनको भनाइ छ । ताप्लेजुङ नगरपालीका ८ मा विभिन्न स्थानमा ठूलो पहिरो गएकाले केहि स्थानीय पहिरोमा फसेकाले उद्धारमा समस्या भएको स्थानीयले बताएका छन् ।

यसैवीच दर्जैनौ स्थानमा गएको पहिरोका कारण मेचि राजमार्गको पाँचथर ताप्लेजुङ सडक खण्ड पूर्ण रुपमा अबरुद्ध भएको छ । ठूलो पहिरो झरेकाले पन्छाउन आज दिनभर लाग्न सक्ने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

प्रतिक्रिया