बयस्क भनि नाबालक कायम !

बयस्क भनि नाबालक कायम !

ज्वाला सन्देश सम्वाददाता
जिल्ला प्रहरी कार्यालयले बयस्क भनी पेश गरेको एक मुद्दामा दैलेख जिल्ला अदालतले नाबालक ठह¥याएको छ । प्रहरीले आइतवार पेश मुद्दामा जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितबाट कानूनी प्रावधान र प्रमाणका आधारमा ठहर भएको हो ।
आरोपित १५ वर्षीय बालकले जन्मदर्ता प्रमाणपत्रको फोटोकपी दिंदा पनि प्रहरीले अदालतमा मुद्दा पेश गर्दा सो फोटोकपी समावेश नगरेको बालकले अदालतमा गुनासो सुनाएका थिए । उनलाई बालिकालाई जवरजस्ती करणीको आरोप छ ।
पीडित पक्षले दिएको जवरजस्ती करणीको जाहेरीमा पीडकको उमेर १७ वर्ष उल्लेख भई आएको कारण सोही अनुसार मुद्दा लिइएको प्रहरी निरीक्षक भुवनेश्वरप्रसाद साहको भनाई छ । प्रहरीले त्यसो भने पनि बालबालिका सम्वन्धी ऐन २०४८ र कार्यविधि २०६४ ले बाबालिका आरोपित भएर आएको मुद्दामा नाम परिवर्तन गरी गोपनीयता कायम गर्नुपर्ने कानूनी प्रावधान छ ।
अदालतमा जन्मदर्ता पेश भएको आधारमा आरोपित बालकको गोपनीयता निम्ति परिवर्तित नाम ‘डीट’ू दिइएको छ । पछि फैसला भए अनुसार हुने गरी बालकलाई बुबाको जिम्मा लगाइएको छ । जिम्मा लिने बुबाको नाम समेत परिवर्तन गरी ‘६२ बी’ भनिएको छ ।
अदालतले प्रहरीलाई पनि बालबालिका ऐन २०४८ र कार्यविधि २०६४ अनुसार गोपनीयता निम्ति परिवर्तित नाम अभिलेख कायम गर्न आदेश दिएको श्रेस्तेदार अधिकृत रमेश श्रेष्ठले बताए ।
‘बालबालिकाले गल्ती गर्न सक्छन् तर अपराध गर्दैनन्’ भन्ने कानूनी सिद्धान्त र मनोसामाजिक विमर्शका आधारमा सुधारको प्रयत्न गर्ने ध्येयले १६ वर्ष मुनिका बालबालिका आरोपित भई आएका कुनै पनि मुद्दामा बालबालिका सम्वन्धी ऐन र कार्यविधि अनुसार व्यवहार गर्नुपर्ने उल्लेख छ ।
कार्यविधिले कुनै मुद्दामा बालबालिका पक्राउ गरेमा बयस्कसंग थुन्नु नहुने, अनुसन्धानका क्रममा प्रहरी कर्मचारीले साधा पोशाकमा सोधपुछ गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसरी अनुसन्धानकै लागि प्रहरी र मुद्दा अभियोजनका लागि सरकारी वकीलले समेत सोधपुछ गर्दा आमा वा बुबा अभिभावकको रोहवर सोधपुछ गर्नुपर्ने प्रष्ट उल्लेख गरेको छ ।

प्रतिक्रिया