महात्वाकांक्ष पनि बेचविखनको कारण हो : क्षेत्री

महात्वाकांक्ष पनि बेचविखनको कारण हो :  क्षेत्री

दैलेखका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बढ्दो सहरीकरण, असीमित महात्वांक्षाले पनि मानव वेचविखनको समस्या पैदा भएको बताउनु भएको छ । मानव बेचविखन तथा ओसार पसार नियन्त्रण सम्वन्धी १० औं राष्ट्रिय दिवसको अवसरमा दैलेखमा भएको अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो ‘सामान्य जीवन यापन र आफ्नो श्रोत अनुसारको खर्च गर्ने बानी बसाल्न सके दलालहरुले प्रलोभन पार्न सक्ने कम सम्भावना हुन्छ ।’Anti traffing (3) Anti traffing (2) Anti traffing (1)
बेरोजगारीका कारण कामको खोजीमा घर भन्दा टाढा र विदेश जाने प्रचलनले बढेबाट महिलाहरु असुरक्षित हुने गरेको र बेचविखनमा पर्ने गरेको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताउनुभयो ।
कार्यक्रममा प्रहरी निरीक्षक भुवनेश्वरप्रसाद साहले खुला सिमा, अवैध बैदेशिक रोजगारी जस्ता प्रचलनले महिलाहरु यौन शोषण र बेचबिखन समेत पर्ने क्रममा बढेको जानकारी दिनुभयो । उहाँले दैलेखमा त्यस्ता उजूरी नपरे पनि छिमेकी जिल्लाहरुको प्रभाव भित्रिन सक्ने डर रहेको औल्याउनुभयो ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, कानुनी सहायता केन्द्र को सहयोगमा मानव वेच विखन तथा ओसार पसार नियन्त्रण जिल्ला समितिको आयोजनामा भएको कार्यक्रम प्रमुख जिल्ला अधिकारीको अध्यक्षता भएको थियो ।
गणेशचौकबाट आरम्भ भएको ¥यालीले नगर परिक्रमापछि सभामा परिणत भएको सो अन्तरक्रिया कार्यक्रममा नेपाल बार एशोसियशनका अध्यक्ष यामराज थापा, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष नमनकुमार शाही, दलहरुका तर्फबाट नेपाली काँग्रेसका रत्न शाही लगायतले मानव वेचबिखन समस्या रोकथामको उपाय बारे बोल्नु भएको थियो ।

प्रतिक्रिया