बझाङमा दलितले मन्दिर छुँदा १ आना सुन र २ हजार जरिवाना

बझाङमा दलितले मन्दिर छुँदा १ आना सुन र २ हजार जरिवाना

भदौ, २१ बझाङ । बझाङको रिलु गाविस ८ द्धारीमा लागेको हरेलो मेलामा स्थानिय दलितले मन्दिर छोएको भन्दै सुन सहित नगद दण्ड जरिवान तिराइएको छ ।

संविधानमा जातीय भेटभाव गरिए दण्ड सजायँ हुने स्पष्ट व्यवस्था भएपनि त्यसलाई खिल्ली उँडाउँदै रिलु गाविस घरभएका लाल बहादुर आग्रीलाई एक आना सुन सहित २ हजार नगद दण्ड तिराइएको हो ।

उपल्ला जातिका भनिनेहरुले भक्तजनहरुका लागि प्रसाद पकाउदै लागेको स्थान र कालीका देवीको मन्दिरमा प्रवेश गरेको आरोप लगाएका छन् ।

स्थानीय लाल बहादुर बोहराले परम्परागत रितीरिवाज अनुसार दलितहरुले मन्दिर नछुने चलन भएको तर आग्री प्रसाद बनाउने स्थान र मन्दिरभित्र गएपछि दण्ड जरिवाना तिराइएको वताए ।

उनले आग्रीले आफ्नो इच्छा अनुसार देवता लाई दण्ड तिरेको समेत दाबी गरे । कालिका मन्दिरमा भाद्र १९ गते देखि रिलु गाविसको कालिका मन्दिरमा मेला लाग्ने गर्दछ ।

प्रतिक्रिया