निजामति सेवा दिवसको अवसरमा बृक्षारोपण तथा सरसफाई कार्यक्रम

निजामति सेवा दिवसको अवसरमा बृक्षारोपण तथा सरसफाई कार्यक्रम

निजामती सेवा दिवसको अवसर पारेर दैलेखमा नगर सरसफाई तथा बृक्षारोपण कार्यक्रम गरिएको छ । दिवसको अवसरमा अघिल्लो दिन आज नेपाली सेना र प्रहरीका साथ सरकारी कर्मचारीहरुको सहभागितामा भएको नगर सफाई कार्यक्रम गणेशचोकबाट आरम्भ भई भगवतीटोल पुगेर सम्पन्न भएको थियो ।

निजामती सेवा दिवस जिल्ला समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री वृक्षारोपण गर्दै
निजामती सेवा दिवस जिल्ला समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री वृक्षारोपण गर्दै
निजामती सेवा दिवसको अवसरमा मंगलवार विहान गणेशचोकबाट शुरु भएको सरसफाई कार्यक्रम
निजामती सेवा दिवसको अवसरमा मंगलवार विहान गणेशचोकबाट शुरु भएको सरसफाई कार्यक्रम

प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, प्रहरी नायव उपरीक्षक केदार रजौरे, सरकारी कर्मचारीहरुको सहभागिता रहेको नगर सरसफाईपछि जिल्ला प्रशासनका कार्यालय दैलेखको हातामा टिमुर, रुद्राक्ष, रीठा, लगायतका २८ वटा बिरुवा रोपिएको थियो ।
निजामती कर्मचारीले राष्ट्रसेवामा पु¥याएको योगदानको कदर गर्दै जिम्मेवार बन्न प्रोत्साहित गर्न विक्रम सम्वत २०६१ सालदेखि नेपालमा निजामती सेवा दिवस मनाउन थालिएको हो । यो वर्ष ‘सेवामैत्री र जवाफदेही प्रशासन, संघीयतामा सुशासन’ नारा सहित भोलि बुधवार देशभर औपचारिक रुपमा दिवस मनाइन्छ ।
निजामती सेवा दिवस जिल्ला समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बुधवार विहान गणेशचोकबाट ¥याली प्रारम्भ भई नगर परिक्रमा र जिविस सभाहलमा औपचारिक कार्यक्रम तय भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया