पैरवीका लागि क्षमता अभिबृद्धि तालिम

पैरवीका लागि क्षमता अभिबृद्धि तालिम

२१ भदौ, दैलेख, गाउँस्तरमा हुने बालअधिकार हनन् र उलंघनका घटना न्यूनिकरण गर्न शिक्षा, बालअधिकार संरक्षण र वाल अधिकार शासन सम्बन्धि पैरवी तालिम मंगलबार दैलेखमा शुरु भएको छ । DSC05456 DSC05453सेभ द चिल्डे्न र सामाजीक सेवा केन्द्र(सोसेक) नेपालको साझेदारीतामा सञ्चालित सहयात्रा परियोजनाका कर्मचारी र सोसेकका कार्यसमिति सदस्यलाई तालिम दिएको हो । परियोजना सञ्चालनमा रहेको १० गाबिसमा बालअधिकार संरक्षण, वालअधिकार शासन र शिक्षा सम्बन्धि पैरव ीगर्न क्षमता विकास गर्न तालिमको आयोजना गरिएको सामाजीक सेवा केन्द्र (सोसेक) नेपालले जनाएको छ । तालिममा सामाजिक सेवाकेन्द्रका पदाधिकारी तथा परियोजनाका कर्मचारी सहभागी रहेका छन् । तालिमको सहजीकरण सेभ द चिल्डे्नका रिना बुढाथोकीले गरेकी छिन्

प्रतिक्रिया