सुशासनमा पद्धतिमा पत्रकारिताको योगदान अहम ः न्यायाधीश

सुशासनमा पद्धतिमा पत्रकारिताको योगदान अहम ः न्यायाधीश

दैलेख, भदौ २२ – दैलेख जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितले राज्यलाई कानूनी शासनमा सचेत गराउन र पीडितलाई न्याय दिलाउन सञ्चार जगतले अहम योगदान पु¥याएको बतउनुभएको छ ।
HR patrakarita (2)ज्वाला रेडियोको समन्वय र जागरण मिडिया सेण्टर काठमाण्डौंको आयोजना गरेको मानवअधिकार पत्रकारिता तालिम उद्घटान कार्यक्रममा उहाँले सञ्चार जगतको त्यो बिशिष्ट योगदानकै कारण चौथो भनिएको उहाँले उल्लेख गर्नुभयो ।
जिल्ला न्यायाधीश पण्डितले सञ्चार माध्यमा न्याय सम्पादन प्रक्रियाका विषयमा आदेशलाई समेत फैसला लेख्ने कमजोरी धेरै सुधार हुँदै आएकोमा खुशी व्यक्त गर्दै व्यवसायिक क्षमता विकासका लागि पत्रकारितामा प्रतिस्पर्धा प्रणाली आवश्यक रहेको औल्याउनुभयो ।
कार्यmत्रममा प्रहरी नायव उपरीक्षक केदार रजौरेले पत्रकार प्रहरीवीच नङ्गमासुको सम्वन्ध रहेको उल्लेख गर्दै प्रहरीलाई मानवअधिकार मैत्री बनाउन सञ्चार माध्यमले खवरदारी गरेर सहयोग पु¥याएको बताउनुभयो ।
रेडियो ज्वाला सामुदायिक एफएमका अध्यक्ष दानबहादुर थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष नमनकुमार शाही र दलित महिला संघका जिल्ला अध्यक्ष पार्वती बिशुन्केले पत्रकारका लागि मानवअधिकार सम्वेदनशीलता सन्दर्भमा विचार राख्नुभएको थियो ।
तालिममा सहभागी १९ जना क्रियाशील पत्रकारहरुलाई समाचार लेखन, सम्पादन र प्रकाशन तथा प्रकाशन प्रक्रियामा मानवअधिकार चासो र उपयोगिता विषयमा पत्रकारहरु एकल सिलवाल, इन्सेकका प्रतिनिधि पत्रकार अमर सुनार र जागरण मिडिया सेण्टरका प्रतिनिधि शिवहरी ज्ञवालीले सहजीकरण गरिरहनुभएको छ ।

प्रतिक्रिया