राप्रपा नेपालसँगको एकिकरण ढोका अझै खुल्ला : राणा

राप्रपा नेपालसँगको एकिकरण ढोका अझै खुल्ला : राणा

नेपालगन्ज, भदौ २३–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति सम्शेर राणाले स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै पुर्वदेखि पश्चिम सम्म आफ्नो पार्टीले संगठन सुदृढीकरणको कामलाई अगाडी बढाएको बताएका छन् ।

नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा उनले स्थानीय निकायको निर्वाचनको तयारी, पार्टीमाथि लागेको भ्रम चिर्न, सक्रिय सदस्यताको अभियान व्यापक गराउन संगठन सुदृढीकरणको काम सुरु गरेको स्पष्ट पारे ।

राप्रपाले हिन्दु राष्ट्र र गणतन्त्रलाई स्वीकार गरिसकेको दोहोर्याउँदै अध्यक्ष राणाले अगाडी भने, ‘नेपाली जनतालाई आफ्नो राय व्यक्त गर्न नदिएर धर्म निरपेक्ष राष्ट्र घोषणा गरियो, त्यसकारण हामी हिन्दु राष्ट्र हुनुपर्छ भन्ने पक्षमा छौं ।’ उनले राप्रपा नेपालसँगको पार्टी एकिकरणको ढोका बन्द नभएको जिकिर गरे । उनले थपे, ‘अन्तरिम बिधानमा कुरा मिलेको थिएन, त्यो नसच्याएर पार्टी एकिकरण हुने सम्भावना थिएन ।’ प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका विषयमा पत्रकारले सोधेको जिज्ञासामा अध्यक्ष राणाले छिमेकीको नाताले भ्रमणमा जानु स्वभाविक कुरा भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया