त्रिशुलीमा ट्रक बेपत्ता

          |   प्रकाशित मितिः शुक्रबार, भदौ २४, २०७३     ::: 251 पटक पढिएको   |  
चितवन, भदौ २४ । पृथ्वी राजमार्गअन्तर्गत दारेचोक गाविस–३ घोप्टेभिरबाट आज बिहान त्रिशूली नदीमा ट्रक खसेर बेपत्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भिरमा ट्रकको नम्बर प्लेट र चाउचाउ, बिस्कुटका प्याकेट भेटिएको छ । तर ट्रक भने नदीमा बेपत्ता भएको छ ।
मुग्लिन हुँदै काठमाडौँतर्फ जाँदै गरेको ना३ख ६०१७ नंको ट्रक बिहान १०ः४५ बजे नदीमा खसेको प्रहरीले जनाएको छ । एक सय ५० मिटर तल नदीमा ट्रक खसेको हो ।
ट्रकमा कति मानिस थिए जानकारी हुन सकेको छैन । खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले बताए ।


Leave a comment

Your email address will not be published.


*