प्रजिअ भन्छन् ‘हिंसा सहँदा अपराध बढ्छ’

प्रजिअ भन्छन् ‘हिंसा सहँदा अपराध बढ्छ’



दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले हिंसा र उत्पीडन सहँदा अपराध बढ्दै जाने गरेको बताउनुभयो । जागरण मिडिया सेण्टर र रेडियो ज्वालाको आयोजनामा दैलेखमा शुक्रवार भएको मिडिया सम्वाद कार्यक्रममा उहाँले त्यस्तो विचार राख्नुभएको हो । midiya doilog (2) midiya doilog (1)
मानवअधिकार प्रवद्र्धनमा सरकारी निकायलाई गैससहरुको महत्वपूर्ण सहयोग पाएको प्रमुख जिल्ला अधिकारीले बताउनुभयो । त्यसबखत उहाँले अधिकारवालाहरुले प्रश्न गर्ने संस्कार विकास भएबाट राज्यका निकायलाई जिम्मेवार बनाएको प्रष्ट पार्नुभयो ।


त्यसबखत प्रहरी नायव उपरीक्षक केदार रजौरेले राजनीतिक दवाव वा अरु कुनै प्रभावमा प्रहरी संगठनले मानवअधिकार हनन् हुन नदिने बताउनुभयो । उहाँले मानवअधिकारमुखी संस्कारको विकास गर्न सामाजिक प्रयासहरु पनि जरुरी रहेको औल्याउनुभयो ।
अधिकारकर्मीहरु र सामाजिक अगुवाहरुले महिला हिंसा, जातीय विभेद, बालविवाह, बलात्कारका समस्या लगायतका सवालमा उठाएका प्रश्नको जवाफ दिन अधिवक्ता खड्गबहादुर सिजापतीसंग समेत प्रश्न राखेका थिए । कार्यक्रम सञ्चालन जागरण मिडिया सेण्टरका कार्यक्रम संयोजक शिवहरी ज्ञवालीले गर्नुभएको थियो ।
भैरीकालिकाथुमका बीरेन्द्र खनाल तथा बाँसीका रविन्द्र बुढाले बालविवाहको सन्दर्भमा प्रहरी प्रमुखलाई प्रश्न उठाउनुभएको थियो भने अधिकारकर्मीहरु दीर्घराज अधिकारी, इन्दिरा थापा, सरस्वती थापा, पार्वती बिशुन्के, पत्रकार ज्योती कटुवाल, सूर्यबहादुर बिक लगायतले जिल्लाको मानवअधिकार अवस्था सुधारको आवश्यकता विषयमा सुझाव राख्नुभएको थियो ।

प्रतिक्रिया