जिल्ला प्रहरी कार्यालयको हातामा बृक्षारोपण

जिल्ला प्रहरी कार्यालयको हातामा बृक्षारोपण

जिल्ला प्रहरी कार्यालय दैलेखको हातभित्र आज बृक्षारोपाण कार्यक्रम गरिएको छ । त्यस अवसरमा जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डित, पूर्वराज्यमन्त्री गणेशबहादुर खड्का र दैलेखका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले स्वामीको बिरुवा रोप्नु भयो ।Prahari News  (3)

पुर्व स्थानीय विकास राज्य मन्त्री गणेश वहादुर खड्का, माननिय जिल्ला न्यायधिस प्रकास प्रसाद पण्डित र प्रमुख जिल्ला अधिकारी लुक वहादुर क्षेत्री सयुक्तरुपमा जिल्ला प्रहरी कार्यालयको हाता भित्र स्वामीको विरुवा रोप्दै

स्वामीको विरुवा रोपिएपछि प्रहरी कार्यालयको हातामा सुन्तला, ओखर, कागती लगायतका करिव ८० वटा बिरुवा रोपिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक केदार रजौरेले जानकारी दिनुभयो ।

बृक्षारोपण कार्यक्रममा बरिष्ठ कृषि विकास अधिकृत रमेशचन्द्र सुबेदी, जिल्ला वन अधिकृत, रामकाजी श्रेष्ठ लगतय सरकारी अधिकारीहरु, पत्रकार र सामाजिक अगुवाहरुको सहभागिता थियो ।

प्रतिक्रिया