प्रस्तावना लेखन तालिम सुरु

प्रस्तावना लेखन तालिम सुरु



दैलेख, भदौ ३१ । दैलेखको राकमकर्णालीमा शुक्रबार पाँच दिने व्यवसायीक योजना मुल्यांकन तथा क्षमता अभिबृद र प्रस्तावना लेखन तालिम सुरु भएको छ । राकमकर्णाली र पिपलकोटका सहकारी बसुन्धरा कृषि सहकारी राकमकर्णाली, समाजकल्याण उपभोक्ता सहकारी पिपलकोटका पदाधिकारी तथा सदस्य र स्थानीय क्लबका पदाधिकारीका लागि तालिम दिइएको हो ।

Proposal training

तालिममा ७ महिला र १३ जना पुरुष गरी २० जनाको सहभागिता रहेको छ । सामाजिक सेवा केन्द्र (सोसेक)को आयोजनामा तालिम गराइको हो । तालिमका लागि आर्थिक सहयोग एलडब्लुएफ र डिसिएले गरेको सोसेकका महेन्द्रराज अधिकारीले जानकारी दिए । तालिमको सहजकिरण सामाजिक सेवा केन्द्रका महेन्द्रराज अधिकारी र युएसआईडी नेपालका कृषि कार्यक्रम अधिकृत विशाल अधिकारीले गरेका छन् । तालिम आगामी असोज ४ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया