मानवअधिकार प्रलेख सम्बन्धी क्षत्रीय कार्यशाला सुरु

मानवअधिकार प्रलेख सम्बन्धी क्षत्रीय कार्यशाला सुरु

नेपालगञ्ज, असोज १० – इन्सेक केन्द्रीय कार्यालयको अयोजनामा मानवअधिकार प्रलेख सम्बन्धी क्षेत्रीय कार्यशाला असोज १० गतेदेखि नेपालगञ्जमा सुरु भएको छ ।

इन्सेक केन्द्रीयकार्यालयद्धारा आयोजित मानवअधिकार प्रलेख सम्बन्धी क्षत्रीय कार्यशालामा बोल्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम ।
इन्सेक केन्द्रीयकार्यालयद्धारा आयोजित मानवअधिकार प्रलेख सम्बन्धी क्षत्रीय कार्यशालामा बोल्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम ।

कार्यक्रममा इन्सेक काकार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले विभिन्न कालखण्डमा गरेका महत्वपूर्ण काम र खेलेको भूमिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा संस्था स्थापित भएको बताए ।
निर्देशक गौतमले समयानुसार दास्तावेजीकरणलाई डिजिटलाइट गर्नुपर्नेमा जोड दिए । उनले इन्सेक जिल्ला प्रतिनिधिले समय सापेक्ष आर्थिक समाजिक तथा साँस्कृतिक अधिकारका विषयमा समेत अभिलेखिकरण गर्नुपर्ने बताए ।
मानवअधिकार प्रलेखतथा प्रसार विभाग प्रमुख मदन पौडेलले मानवअधिकार वर्ष पुस्तक र इन्सेक अनलाइनको कामप्रति जिल्ला प्रतिनिधिहरूको काम सन्तोषजनक नरहेको बताउँदै सुधार गर्नुपर्ने बताए ।
इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय संयोजक भोला महतले जिल्ला प्रतिनिधिका समस्या पहिचानतथा सुधारका लागि कार्यक्रमको आयोजना गरिएको बताए । त्यसैगरी सुदूरपश्चिमाञ्चल क्षेत्रीय संयोजक खडकराज जोशीले भौगोलिक अवस्थालाई दोष दिएर कामबाट पन्छिन नमिल्ने बताए । उनले जिल्ला प्रतिनिधिहरूको क्षेत्र र केन्द्रीय कार्यालयले नियमित अनुगमन गरिरहेको बताए ।
दुई दिनसम्म सञ्चालन हुनेकार्यशालामा मानवअधिकार प्रलेख तथा प्रसार विभाग प्रमुख मदन पौडेल, इन्सेक केन्द्रीय कार्यालयका विमल शर्मा र अनुज केसीलगायतले सहजीकरण गर्ने इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जले जनाएको छ ।
कार्यक्रममा मध्यपश्चिमाञ्चल, पश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल र मध्यमाञ्चल क्षेत्रका ३४ जिल्लाका इन्सेक जिल्ला प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रतिक्रिया