भैरीकालिका थुममा खेलकुद प्रतियोगिता

भैरीकालिका थुममा खेलकुद प्रतियोगिता

दैलेख, असोज ११ । दैलेखको भैरीकालिका थुममा मंगलबार बाल क्लबको आयोजनामा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । भैरीकालिका थुमको बालेकाँडास्थित गौरी माध्यमिक विद्यालयमा समावेसी बाल क्बलको आयोजनामा दौड तथा म्युजिकल चियर प्रतियोगिता सम्पन्न गरिएको हो । bhairi
सामाजिक सेवा केन्द्रले सञ्चालन गरेको महिला, युवा तथा बाल अधिकार प्रवद्र्धन परियोजना अन्तरगत गठित बाल क्लबले प्रतियोगिता आयोजना गरेको जनाइएको छ । विभिन्न ११ क्लबका टिम प्रतियोगितामा सहभागी रहेका थिए । पुरुष दौडतर्फ जनसेवा बाल क्लबका शोभन विक प्रथम भए भने महिलातर्फ देउतीबज्यै बाल क्लबकी बसन विक प्रथम भइन । यस्तै पुरुष म्युजिकल चियरमा हिमालय बाल क्लबका प्रकाश थापा प्रथम भए भने महिलातर्फ भैरवीपञ्चकोशी बालक्लबकी लक्ष्मी शाही प्रथम भइन् ।

प्रतिक्रिया