आज १४ औं सहदि पूर्ण स्मृति दिबस सम्पन्न

आज १४ औं सहदि पूर्ण स्मृति दिबस सम्पन्न

निरक शाही
दैलेख असोज १२– आज नेपाली कांग्रेस नगर कार्य समिति दूूल्लूको आयोजनामा नेपाली काँग्रेसका तत्कालिन क्षत्रिय कार्य समितिका सभापति पूर्ण भण्डारीको सम्झनामा १४ औ पूर्ण स्मृति दिबस दुल्ल्ूाको सहिद पूर्ण स्मृति पार्क बालेश्वरमा सम्पन्न भएको छ । Purna
नगर कार्य समिति दुल्लूका सभापति टंक रिमालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली कांगे्रस जिल्ला कार्य समितिका कोषाध्यक्ष पूर्ण चालिसेले गर्नु भएको थियो । नेपालको लोकतान्त्रीक आन्दोलनका मुर्धन्य ब्यक्तित्व नेपाली काग्रेसका तात्कालिन क्षत्रिय कार्य समितिका सभापति पूर्ण भण्डारीको २०५९ साल असोज १२ गतेका दिन तत्कालिन विद्रोही पक्षद्धारा हत्या गरिएको थियो । उहाँको सम्झनामा हरेक वर्ष सहिद पूर्ण स्मृति दिबस असोज १२ गते कार्यक्रम गरेर मनाइदै आईरहेको छ । कार्यक्रमका प्रमुख अतिथि पूर्ण चालिसेले जसको बिचार बलियो हुन्छ उसैलाई मार्ने प्रयास भयो तर ब्यक्तिलाई मारे पनि बिचारलाई मार्न कसैले पनि नसक्ने भन्दै त्यस्ता बिचारलाई सधै सम्झनै पर्ने वताउनु भयो । पूर्ण भण्डारीको इमान्दारीताले र लगन सिलताले तल्लोडुङ्गेश्वर देखी डाँडीमाडी सम्म सडकलाईन खोलिएको भन्दै उहाको योगदानले गर्दानै अहिले पक्कि बाटो बन्न सफल भएको प्रमुख अतिथी चालिसेले वताए । पैशा र पदका लागिमात्र राजनिति गर्दा कसैलाई पनि फाईदा नहुने कुरामा जोड दिनुभएको थियो ।
यस्तैनेपाली काँग्रेस जिल्ला कार्यसमिति दैलेखका सह सचिब रत्न शाहीले तत्कालिन माओबादीले गरेका हत्या दुखद र दुर्दशा भएको र शहिदका सपनालाई साकार पार्नको लागि सबै एक जुट हुन आवश्यक रहेको भन्दै बन्दुुक र हतियारको लडाईले नेपालमा बिकास र शान्ती कायम गर्न नसकिने बताउनु भएको थियो । नेकपा एमाले जिल्ला कार्य समितिका उपसचिव तिलक रिजालले पूर्ण भण्डारी सहमति र सहकार्यको राजनिति गर्न सक्ने क्षमता भएको नेता भएको भन्दै उहाँको हत्या हुनुको मुख्य कारण पत्ता लगाउन आग्रह गर्नु भएको थियो । उहाँले पूर्ण भण्डारी नेपाली काँग्रेसको मात्र नेता नभए र सबै दैलेखी जनताको नेता भएको बताउनु भएको थियो ।
यसै बिच निर्बाचन क्षेत्र नम्बर २ का नेपाली काँगे्रस क्षेत्रिय कार्य समितिका सभापति घनश्याम भण्डारीले सहमति र सहकार्यको वातावरण बनाउँदै गए समृद दुल्लूको बिकास गर्नको लागि सबैको सकारात्मक बिचारको आवश्यक रहेको बताउनु भएको थियो । कार्यक्रका सभापति टंक रिमालले सहमति र सहकार्यको राजनिति गरेर अगाडी बढ्ने कुरा बताउनु भएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका कार्यकर्ता , नेपाली काँग्रेस प्रति आस्थावन लगाएत सर्बसाधारणको सहभागिता रहेको थियो ।

प्रतिक्रिया